दम रोग के हो ? दमका कारण, लक्षण र उपचार कसरी गर्ने ?

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

दम के हो दम ?
दम एक स्वासप्रस्वास सम्बन्धि रोग हो, जसले सास लिन समस्या पैदा गर्छ । दम हुँदा स्वास नली सुन्निन्छ, जसका कारण स्वासमार्ग संकुचित हुन्छ । स्वासमार्ग संकुचित हुँदा सास लिँदा आवज आउने, छाती दुख्ने र खोकी आदीको समस्या हुन्छ । लक्षणको आधारमा दम दुई प्रकारका हुन्छन्, बाहिरी र आन्तरिक । बहिरी दम एलर्जनका प्रति एक प्रतिरक्षा प्रतिक्रिया हो, जो पराग, जनवार, धुलो जस्ता बाहिरी एलर्जिक चिजका कारणले हुन्छ । आन्तरिक दम रासायनिक तत्वलाई सासद्वारा भित्र तान्दा हुन्छ । जस्तै चुरोटको धुँवा, पेन्ट वेपर्स आदी । केही घटनामा दमका कारण छातीमा संक्रमण, तनाव, खोकी आदी हुन सक्छ । केही मानिसमा औषधीका कारणले समेत दम हुन्छ, जस्तै एस्पिरिन आदी ।
लक्षण
खकारयुक्त वा बिना खकारको सुख्खा खोकी लाग्नु ।
छातिमा केही अड्किएको जस्तो महसुस हुनु ।
सास फेर्न समस्या हुनु ।
सास लिँदा र बोल्दा घरघराहट जस्तो आवज आउनु ।
राती र विहान थप गाह्रो महसुस हुनु ।
चिसो हावामा सास लिने स्थिती थप गम्भिर हुनु ।
व्यायाम गर्दा थप गाह्रो हुनु ।
गाह्रो गरी सास लिनु र थकान महसुस हुनु ।
स्थिती थप बिग्रिएमा वान्ता हुने सम्भावना बढ्ने गर्छ ।
कारण
१. बायु प्रदुषणः सास फेर्दा कुनै पनि पदार्थले एलर्जी हुन सक्छ । यसमा सवारी साधनको धुँवा, कुकुर र विरालो, घरको धुलोको कण, औद्योगिक धुँवा (विशेषगरी सल्फर डाइअक्साइड), घरेलु रसायन (एयर फ्रेसनर र एयरोसोल), सुगन्धित सौन्दर्य सामाग्री, सुगन्धित फूल आदी । दम विभिन्न कारणले हुन सक्छ, तर सबैभन्दा ठूूलो कारण बायु प्रदुषण हो ।
२. चिसोः चिसो, फ्लू, ब्रोन्काइटिस र साइनस संक्रमण जस्ता जिवाणु वा ब्याक्टेरियाका कारण दम हुन सक्छ । यो विशेष गरी बच्चामा हुने दमको कारण हो ।
३. खाद्य पदार्थः एलर्जीका लक्षणसँग जोडिएका खाद्य पदार्थ अण्डा, गाईको दुध, बदाम, माछा आदी । ४. एसिड रिफ्लक्सः एसिड रिफ्लेक्स्मा स्फिन्क्टर मांसपेशीले आहार नली र पेटकोबीचको भल्वकोरुपमा कम गर्छ । यदी यसले राम्रो काम गरेन भने पेटमा अम्लको मात्रा धेरै हुन्छ । ग्यास्ट्रोइसोफेगल रिफ्लक्स रोगमा डकार वा आधा पचेको खाना अन्न नलीबाट स्वास नलीमा पुग्छ, जसका कारण स्वास लिन समस्या उत्पन्न हुन्छ । सोही कारण दम हुन्छ ।
५. धुम्रपानः चुरोटको धुँवामा विभन्न रसायन र ग्यास हुन्छ । जसले फोक्सोलाई प्रभावित बनाउँछ । धुम्रपानले दम हुने सम्भावना बढ्छ । दमका रोगीले जब धुम्रपान गर्छन्, तब खोकी लाग्ने जस्ता लक्षण गम्भिर हुन्छन् । गर्भावस्थामा धुम्रपान गर्दा बच्चाको फोक्सोलाई समेत असर पर्छ ।
६. औषधीः केही औषधी जस्तै एस्पिरिन र सुन्निएको कम गर्ने नन स्टेरायडल औषधी (आइब्यूप्रोफेन, ब्रुफेन र भिटा ब्ल्कर्स) समेत दमको कारण बन्न सक्छन् ।
७. रक्सी सेवनः रक्सी सेवनले दम थप खराब हुन सक्छ । धेरै रक्सी र वियरमा सल्फाइटको मात्रा धेरै हुन्छ । शरिरमा सल्फाइटका कारण दमका लक्षण बढ्न सक्छ ।
८. भावनात्मक तनावः अत्याधिक चिन्ता, क्रोध र डर जस्ता भावना र मानसिक उत्तेजनाका कारण तनाव हुन्छ, जसले मुटुको गती र स्वास फेर्ने गती परिवर्तन हुन्छ । यसले स्वासमार्गमा अवरोध गर्न सक्छ, जसको परिणामस्वरुप दम हुन सक्छ ।
९. अधिक व्यायामः धेरै व्यायाम वा शारिरिक श्रम पनि दमको कारण बन्न सक्छ ।
१०. मौसम परिवर्तनः गर्मी र धेरै चिसो मौसमका कारणले समेत दम हुन सक्छ ।
११. अनुबंसिक समस्याः परिवारिक इतिहासका कारण पनि दम हुन सक्छ । यदी परिवारका कुनै सदस्यमा दम छ भने पछिल्लो पुस्तामा समेत दमको सम्भावना बढ्छ ।
दमलाई दुई श्रेणीमा बर्गिकृत गर्न सकिन्छ, विशिष्ट र गैर–विशिष्ट । विशिष्ट दममा स्वास मार्गमा एलर्जी वा पोल्ने हुन्छ, जबकी गैर–विशिष्टमा व्यायाम, मौसम वा अनुवंशिस असामान्यता कारक हुन् ।
कसरी बच्ने ?
दम एक प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो, संसारभरमा लाखौं मानिस यसबाट पिडित छन् । यो एक एलर्जीको समस्या हो, यसको लक्षण वास्तवमा कष्टदायक हुन्छ । दमको समस्यामा पानी पर्दा आनन्द लिन सकिन्न । थोरै शारिरिक व्यायाम गर्दा समेत थाकेको महसुस हुन्छ र आइसक्रिम, चिसो पेय पदार्थ समेत सेवन गर्न मिल्दैन । तर, उचित औषधी, पोष्टिक आहार र स्वस्थ जीवनशैली अपनाएर दमबाट मुक्ति पाउन सकिन्छ ।
१. खानाः दमको उपचारमा खानाले महत्वपूर्ण भूमिका निभाउँछ, उचित खानाले दमलाई नियन्त्रण गर्छ । अनुचित खानाले दमको लक्षण बढाउँछ । धेरै खाना खाँदा कलेजोमा भारीपन महसुस हुन सक्छ । त्यसैले आफ्नो क्षमता अनुसारको खाना खान आवश्यक छ ।
के खाने ?
सागसब्जी खाने । गाजर र पालकको रस दमका लागि फाइदाजनक हुन्छन् । भिटामिन ए, भिटामिन सी र भिटामिन ई दमका लागि फाइदाजनक हुन्छ । एन्टी अक्सिडेन्ट गुण भएका फलफुल र सागपात खानोले रगतमा अक्सिजनको मात्रा बढ्छ । ओमेगा–३ ले दमको मात्रा रोक्न सहयोग गर्छ । लसुन, बेसार, कालो खोर्सानी जस्ता मसला दमका लागि फाइदाजनक छन् ।
२. व्यायामः योगका माध्यमबाट दम कम गर्न सकिन्छ । योगासन, जस्तैः स्र्वागासन, शिर्षासन, भजुंगासन, पश्चिमोत्तानासन, धनुरासन, उत्तान पादासन निकै फाइदाजनक छन् । यी आसनले अंगलाई मजबुद बनाउँछन् । कफ र खोकीबाट राहत पाउन मदत गर्छन् । योगले फोक्सोलाई उचित तरिकाले काम गर्न सहयोग गर्छन् । विहानै प्रणायाम गर्दा स्वच्छ हावा फोक्सोमा पुग्छ ।
३. तातो पानीः सासको समस्याले निद्रा खराब हुन सक्छ । त्यसैले सुत्नुभन्दा अघि एक गिलास तातो पानी दमका लागि उपयुक्त हुन्छ । विहान उठेर ताजा हावा लिने गर्नुहोस् ।
४. एलर्जीबाट बच्नेः उचित स्वच्छता बनाइराख्नुपर्दछ । कोठालाई कुनै पनि प्रकारको एलर्जीबाट मुक्त राख्नु पर्छ र हावा छिर्न दिनुपर्छ । पराग, धुलो र धुँवाबाट टाढा रहनुपर्छ । यदी प्रदुषण भएको स्थानमा जानुपरेमा नाक र मुखलाई सफा कपडाले छोप्नुहोस् । अगरबत्तिको सुगन्धले समेत दम बढाउन सक्छ । बर्षा र चिसो मौसमबाट बच्नुपर्छ ।
५. चिन्ता नलिनेः तनाव र चिन्ताबाट आफुलाई टाढा राख्ने कोसिस गर्नुपर्छ । किनकी चिन्ताले दम थप बढाउँछ । त्यसैले आफुलाई खुसी राख्ने कोशिस गर्नुपर्छ ।
परिक्षण
शारिरिक परिक्षणः अन्य सम्भावित स्थिती जस्तै, स्वास नलीको संक्रमण वा फोक्सो सम्बन्धि कुनै पुरानो रोग आदी । यसको रोकथामका लागि डाक्टरले शारिरिक जाँच गर्न सक्नेछन् । यो परिक्षणमा रोगका संकेत र लक्षणका बारेमा डाक्टरले सोध्न सक्छन् ।
फोक्सोको काम जाँच्न गरिने टेस्टः फोक्सोको कार्यक्षमता मापन गर्नका लागि पनि टेस्ट गर्नुपर्छ । यसका लागि गरिने केही टेस्ट यस्ता छन्ः
१.स्पाइरोमेट्रीः गहिरो सास फेर्न लगाएर यसलाई हेरिन्छ । बिरामीले कति तिव्र गतीमा सास लिन्छ र फाल्छ । यो टेस्टबाट ब्रोकियल ट्युबको संकुचनको अनुमान लगाइन्छ ।
२. पिक फ्लोः पिक फ्लो एक सामान्य मिटर हो । यसले बिरामीले कति गतिमा सास लिन सक्छ, भन्ने पत्ता लगाउँछ ।
३. फोक्सोको कामको परिक्षणः यो टेस्ट ब्रोकोडाइलेटर को औषधी लिनुभन्दा पहिले र पछि गरिन्छ । एल्ब्यूटेरल र वायुमार्ग खोल्नका लागि यी औषधी प्रयोग गरिन्छ । यदी ब्रोकोडायलेटर लिँदा फोक्सोको काममा सुधार हुन्छ भने दम हुने सम्भावना रहन्छ ।
अतिरिक्त टेस्ट
मेथाकोलिन च्यालेन्जः मेथाकोलिनलाई दमको मुख्य कारणकारुपमा लिइन्छ । यसले नाकको वायुमार्गलाई हल्कारुपमा कसेर संकुचित गरिदिन्छ ।
नाइट्रिक अक्साइड टेस्टः यद्यपी यो टेस्ट सबै ठाँउमा उपलब्ध हुँदैन । यसको काम सासमा नाइट्रिक अक्साइड ग्यासको मात्रा नाप्ने हो । नाइट्रिक अक्साइडको स्तर सामान्यभन्दा धेरै हुँदा नाकको वायुमार्ग संक्रमित हुन सक्छ, जो दमको संकेत हो ।
इमेजिङ टेस्टः फोक्सो वा साइनसको एक हाई रेज्यूलेसन सिटीस्क्यान र छातीको एक्स–रे ले कुनै पनि प्रकारको असामान्यता या रोगको पहिचान गर्न सकछ । यो रोग (संक्रमण आदी) सास लिनमा कठिनाई पैदा गर्छ र समस्यालाई बढाइदिन्छ ।
एलर्जी टेस्टिङः एलर्जी टेस्टिङमा रगत जाँच र छालाको जाँच गरिन्छ । यो टेस्टको सहयोगले एलर्जीको पहिचान गरिन्छ । जस्तैः पाल्तु जनवारबाट हुने एलर्जी, धुलो आदीका कारणले हुने एलर्जीको जाँच गर्नु । आवश्यक परेमा एलर्जीको कारण समेत पत्ता लगाउन सकिन्छ ।
स्प्युटम ईयोसिनोफिल्सः यो टेस्टमा बिरामीलाई खोकीको समयमा निस्कने ¥याल र थुकको मिश्रणमा सेता रक्तशोष को जाँच गरिन्छ । जब दमको लक्षण विकसित हुन्छ, उक्त समयमा सेता रक्तकोषको खकार र थुकमा हुन्छ ।
व्यायाम र प्रोभोकेटिभ टेस्टिङः यो टेस्टमा, कुनै फुर्तिलो शारिरिक गतिविधी गर्नुभन्दा पहिलो डाक्टरले वायुमार्गको रुकावट मापन गरे जाँच गर्छन् । यसका साथै चिसो हावामा सास लिनुभन्दा पहिला डाक्टरले अवरुद्ध वायुमार्गको जाँच गर्न सक्छन् ।
उपचार
१. औषधीः दमको औषधीले तपाईको जीवन बचाउन सक्छ । तपाईलाई दम हुँदा पनि एक सक्रिय जीवन जिउन योग्य बनाउन सक्छ । दमको उपचारका लागि दुई प्रकारका औषधी प्रयोग गरिन्छ ।
स्टेरोइड र अन्य एन्टि इन्फ्लेमेट्री ड्रग्सः सुन्निएको वा पोलेको महसुस कम गर्न यस्ता औषधी प्रयोग गरिन्छ । विशेषरुपमा इन्हेल्ट स्टेरोइड (नाकको माध्यमबाट लिइने औषधी) दमका रोगीका लागि महत्वपूर्ण हुन्छ । यो जीवनरक्षक औषधले वायुमार्ग सुन्निएको ठिक गर्न र खकार कम गर्न सहयोग गर्छ । यसको परिणामस्वरुप वायुमार्ग कम संवेदनशिल हुन्छ, जसले दमका लक्षणलाई समेत कम गर्छ ।
ब्रोन्कोइलेटर्सः ब्रोकोडाइलेटर्सले वायुमार्गको सवै स्थानमा कसिएको मांसपेशीलाई आराम दिन्छ । ब्रोन्कोइलेटर्स दुई प्रकारका छन्ः
१. शर्ट एक्टिङ ब्रोकोडाइलेटर्सः यसलाई रेस्क्यू इनहेलर (नाकका माध्यमबाट लिइने औषधी)कारुपमा मानिन्छ । यसको प्रयोग समस्याबाट चाँडै राहत पाउनका लागि उपयोग गरिन्छ । खोकी, सास लिन कठिनाई, सास बढने समस्यामा यो प्रभावी हुन्छ । यसको नियमित प्रयोग हानिकारक हुन सक्छ । शर्ट एक्टिङ ब्रोकोडाइलेटर्सको उपयोग तपाईले हप्तामा दुई पटक गर्नुपर्छ ।
२. लङ एक्टिङ ब्रोकोडाइलेटर्सः यसको प्रयोग इन्हेल्ड स्टेराइड वा कोर्टिकोस्टेराइडसँग मिलाएर समेत गरिन्छ । यसले दमका लक्षणलाई नियन्त्रण गर्छ ।
२. अस्थमा इन्हेलरः अस्थमा इन्हेलर्स फोक्सोमा दमको औषधी पु¥याउने सबैभन्दा सामान्य र उपयुक्त तरिका हो । यो अलग–अलग प्रकारमा उपलब्ध छ । यसको प्रयोग गर्नका लागि अलग–अलग प्रविधीको आवश्यक हुन्छ । केही इन्हेलर्सले एक प्रकारको औषधी प्रदान गर्छ भने केही इन्हेलर्समा दुई अलग–अलग प्रकारका औषधी पाइन्छ ।
३. अस्थमा नेब्यूलाइजरः यदी छोटो इन्हेलर्सको प्रयोग गरिरहेको समयमा कठिनाई भइरहेको छ भने डाक्टरले अस्थमा नेब्यूलाइजर प्रयोग गर्न भन्न सक्नेछन् । यो मेसिनमा एक मास्क हुन्छ । यो शिसु, बच्चा र धेरै वृद्ध मानिसका लागि उपयुक्त हुन्छ ।
४. प्रडनिसन र अस्थमा अट्याकः यदी दमको गम्भिर आक्रमण भएको भने डाक्टरले ओरल कोर्टिकोस्टेराइड्सको एक छोटो कोर्स गर्न सुझाउँछन् । यो दुई सातासम्म गर्नाले कोर्टिकोस्टेराइडको दुष्प्रभाव हुने सम्भावना कम हुन्तछ । यदी यसलाई एक महिना भन्दा ज्यादा प्रयोग गर्दा यसको दुष्प्रभाव देखिन सक्छ । दमका लक्षणको सफलतापूर्वक नियन्त्रण र उपचार गर्दा डाक्टरले भविष्यमा प्रेडनिसल औषधीको आवश्यक नपरोस भनेर ध्यान दिन्छन् । दिनमा एक कोर्टिकोस्टराइड प्रयोग गर्न दम रोकथामका लागि सबैभन्दा राम्रो र सामान्य तरिका हो ।
जोखिम
पारिवारमा पहिले पनि कसैलाई दमको समस्या हुनु ।
एलर्जीसँग जोडिएका अन्य समस्या जस्तैः एटोपिक डर्मेटाइटिस एलर्जीक राइनाइटिस ।
तौल धेरै बढ्नु ।
धुम्रपान गर्नु ।
धुम्रपान गर्ने व्यक्तिको सम्पर्कमा आउनु ।
अन्य प्रकारका धुँवा र प्रदुषणको सम्पर्कमा आउनु ।
व्यवसायिक कामको समयमा दमका लागि खतरनाक चिजको सम्पर्कमा आउनु, जस्तै फ्याक्ट्रीमा केमिकलको प्रयोग गर्नु ।
जटिलता
दमका लक्षण र संकेतले काम गर्ने र निद्रा लाग्ने जस्ता गतिविधीमा समस्या उत्पन्न गराउँछन् ।
दमका कारण स्कुल वा कामको समयमा बिरामी भएको महसुस हुनु ।
ब्रोकियल ट्युबमा संकुचन स्थिर हुनुले सास लिन समस्या पैदा गर्छ ।
दमको लक्षण गम्भिर हुँदा वा आपतकालिन स्थिती उत्पन्न भएमा अस्पताल भर्ना हुनुपर्छ ।
दमलाई नियन्त्रणमा राख्न लामो समयदेखि सेवन गरिएका औषधीको दुष्प्रभाव हुनु ।
अल्पकालिन र दिर्घकालिन दमका उपचारमा धेरै अन्त हुन्छ । औषधी सही तरिकाले सेवन नगरे थप जटिलता देखा पर्छन् ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *