दुर्गन्धको साथमा धेरैनै पसिना आउने समस्या रोक्ने उपाय !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गर्मीयाममा शरीरबाट पसिना निस्कनु एक स्वाभाविक प्रक्रिया हो । पसिना निस्कदा शरीरको दुर्गन्ध पनि निस्कने कारणले शरीरबाट पसिना जानुलाई राम्रो मानिन्छ । पसिना निस्कनाले तापक्रम सन्तुलित भई विभिन्न किसिमको हानीकारक तथा विषाक्त पदार्थ बाहिर निस्कन्छ, तर शरीरबाट आवश्यकता भन्दा बढि पसिना आउनु राम्रो कुरा होइन । कतिपय मानिसको शरीरबाट धेरै पसिना निस्कने गर्दछ । यस्तो समस्याको कारणले धेरै व्यक्तिहरुको दैनिक काममा समेत बाधा सिर्जना भएको छ । धेरै पसिना आई कपडा भिज्ने समस्याबाट धेरै व्यक्तिहरु एकदमै पिडित छन्, यसरी लुगानै भिज्ने गरी पसिना आउँदा कुनै समारोह, कार्यक्रममा जानलाई पनि बारम्बार सोच्नुपर्ने हुन्छ । बारम्बार अधिक पसिना आउनुको खास कारण भनेको शरीरमा दुषित तथा फोहोर पदार्थ जम्नु वा शारीरिक कमजोरीपना हो । आज हामी यस्तो समस्यालाई समधान गर्ने केहि टिप्सहरु बताउँदैछौं ।

१.सुकेको हर्रोलाई पसिरे हल्का पानीको साथमा एक पेष्ट तयार गरी काँखीमा वा पसिना अधिक आउने ठाउँमा लगाउनाले पसिना आउँन कम हुन्छ । हर्रोलाई पेष्ट बनाएर लगाएको करिब १० वा १५ मिनेट नुहाउने गर्नुपर्दछ ।

२.धेरैको पसिनाको साथमा दुर्गन्ध आउने समस्या पनि हुन्छ । यस्तो व्यक्तिले नुन एकदमै कम सेवन गर्नुपर्दछ ।

३.हत्केला वा खुट्टामा पसिना आउने समस्या भएकाले काचो भन्टाको रस निकालेर हात खुट्टामा लगाउँनाले पनि पसिना निस्कन बन्द हुन्छ ।

४.एक चम्चा जति पिसेको फिटकिरीलाई लिएर २ गिलास पानीमा हाली उक्त फिटकिरी पानीले शरीर वा काँखी सफा गर्ने हो भने पसिना धेरै आउँदैन् भने दुर्गन्ध पनि हटेर जान्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *