भोली आमा खुवाउने औँसी ! यी उपाय अपनाउनुहोस् हुनेछ लाभै लाभ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो वर्ष आमाको मुख हेर्ने औँसी बैशाअ २१ गते शनिबार परेको छ । पौराणिक मान्यताअनुसार त्रेता युगको आरम्भ बैशाख महिना बाट शुरु भएको कारण बैशाख महिनाको आमावश्य तिथिलाई बिशेष मानिन्छ । यो दिनमा मातालाई विभिन्न प्रकारले पुज्ने गरिएको छ ।यो दिन पितृ दोष कालसर्प दोष भएकाले विधिवत रुपमा माताको पुजा अर्चना गरे विशेष लाभ हुने विश्वास रहेको छ ।

आमाको मुख हेर्ने औँसीको दिन पितृ मोक्ष प्राप्त गर्नको लागि सफा शुद्ध भइ व्रत् तथा उपवास बस्दा राम्रो हुने धार्मिक मान्यता रहेको छ । शास्त्रअनुसार यो दिन पितृलाई खुसी पर्न सके जीवनमा नसोचेको लाभ पाउने उल्लेख गरिएको छ । त्यसकारण आज हामी तपाईहरुलाई आमाको मुख हेर्ने औँसीको दिन गर्नुपर्ने महत्वपूर्ण कामको बारेमा बताउन गइरहेका छौँ ।

१. आमाको मुख हेर्ने औँसीको दिन पवित्र जलाशय वा नदिमा गएर स्नान गरी सूर्यलाई अर्घ दिने र पानीमा कालो तिल चढाइ पितृलाई तपर्ण गर्ने ।

२.पितृको आत्मा शान्तिको लागि गरिब परिवारका व्यक्तिलाई भोजन गराउने । दान दक्षिणा दिएर उपवास बस्ने ।

३.यो वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेकाले पिपलको बोटमा पानी चढाउने गर्दा विशेष लाभ हुने बताइएको छ ।

४.पितृ कृपाको लागि यो दिन सूर्यास्त पश्चात सस्र्युको तेलबाट बत्ति बाल्ने ।

५.आमाको मुख हेर्ने औँसीको दिन तर्पण तथा पिण्डदान गर्ने । यदि घरमा वा अन्य कुनै पबित्र स्थानमा गई तर्पण तथा पिण्डदान गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *