द्रौपदीले किन बनाइन् पाँच पति ? यस्तो छ वास्तविक कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । महाभारतकी मुख्य पात्र द्रौपदी पाँच पति भएको कारण सधै विवादमा रहिरहिन् । बहु श्रीमती राख्ने समजमा बहुपति राख्दा अस्विकार गर्ने समाजसँग द्रौपदीले क्रान्ति नै गर्नुपरेको थियो । जसले गर्दा आज पनि द्रोपदी माथि लाञ्छना लगाइरहन्छन् ।

अर्जुनसँग विवाह गरेकी द्रौपदीको सम्बन्ध अर्जुनको अरु भाइहरुसँग सम्बन्ध बढ्दै गयो । द्रौपदी अर्जुनलाई मात्र प्रेम गर्थिन् तर साच्चै मन पराउनेमा कर्ण पनि पर्थे । वनवासमा हुँदा अर्जुनले ब्राह्म्णको भेष बनाएर द्रौपदलाई स्वयंबरमा जितेका थिए । प्रतिबिम्ब हेरेर माछाको आँखामा निशान लगाउने परिक्षा जितेपछि द्रौपदी अर्जुनकी भएकी थिइन् ।

तर अर्जुनका दाई युधिष्ठिरले पहिले आफ्नो विवाह हुनुपर्ने बताएका थिए । द्रौपदीलाई सबै पाण्डव भाइको पटरानी हुनुपर्ने भनिएको थियो ।द्रौपदी प्रति बहुमतमा यस्तो आपत्तिजनक अवस्था सिर्जना भएपछि वेदव्यासले उनलाई द्रौपदीको पूवृजन्मको बारेमा सम्झाए । द्रौपदीलाई राजी गराए । पूर्वजन्ममा शिव भगवानसँग हडबडाएर द्रौपदीले पाँच पति पाउने रहस्य रहेको वेदव्यासमा उल्लेख गरिएको छ ।

पाँच पाण्डवले फरक फरक दिनमा द्रौपदीको पाणिग्रहण गर्थे । त्यसपछि द्रौपदीले पाँचै पाण्डवबाट एक वर्षको अन्तरालमा फरक फरक पुत्र जन्माइन् । युधिष्डिरबाट प्रतिविन्ध्य, भीमसेनबो सुतसोम, अर्जुनको श्रुतकर्मा, नकुलको शतानीक र सहदेवको श्रुतसेन नामको छोरा जन्माइन् ।
यद्यपी पाण्डवहरुले अन्य पत्नीसँग पनि विवाह गरेका थिए । तर सबैले द्रौपदीलाई महारानी मान्थे । पाण्डवहरुको अरु पत्नीबाट पनि सन्तान भएका थिए ।

तर द्रौपदी कर्णप्रति निकै आशक्त थिइन् भन्ने कुरा बंगाली उपन्यासकार चित्रा बनर्जी दिवकरुणीले द प्यालेस अफ इल्युजनमा कथा बनाएकी थिइन् । यद्यपी कर्णले द्रौपदीलाई पाउन नसकेको कुरा द्युतसभा नै अपमान गरेका थिए । तर महाभारतलाई राम्रोसँग अध्यन गर्ने हो भने द्रौपदीले कर्णलाई हैन कृष्णलाई मन पराइएको कुरा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *