केटी भगाएको आरोपमा २ जनालाई हातखुट्टा बाँधेर वडाकार्यालयमै कुटपिट, जनप्रतिनिधिहरु नै कुटपिटमा संलग्न

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ,२२ वैशाख । महोत्तरीमा केटी भगाएको आरोपमा बाबु छोरा नै कुटिएका छन् । सोनमा गाँउपालिका शंकर साह र रामु साहले सोही गाँउकी एक युवतीलाई भगाउन सहयोग गरेको भन्दै वडा कार्यालयकै परिसर भित्र उनीहरुमाथि कटुपिट भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीको अनुसार दुवै जनाको कुटपिटको क्रममा जिउ र अनुहारभरी निलडाम र घाँउ भएकाले जाँचको लागी अस्पताल पठाइएको जनाएको छ ।

पिडित बाबुछोराका अनुसार उक्त घटनाको छलफलको क्रममा वडाकार्यलयमै गाउँपालिका प्रमुख राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र प्रमोद यादवले आफूहरुलाई हातखुटा बाँधेर कुटपिट गरेको आरोप लगाएका छन् ।त्यसपछि भागेको केटीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाँउपालिका अध्यक्षले चेतावनी दिएपछि भने कुटपिट रोकिएको बताए । तर घाइते भएको आफुहरुलाई प्रहरीले समेत उपचारको लागी नलगेको पिडितले बताएका छन् ।

तर यता गाउँपालिका प्रमुख यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेको कारण छलफलमा सहभागी भएको र छलफलको क्रममा कुनै प्रकारको कुटपिट नभएको दावी गरेका छन् ।अहिले उक्त घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *