सर्पले टोक्ने बित्तिकै अपनाउनुहोस् यी उपाय जसले बचाउनेछ व्यक्तिको ज्यान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । वर्षायाम सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने गर्छ । वर्षेणी सर्पले टोकेकै कारण ज्यान गुमाउनेहरुको सख्या बढ्दै गएको पाइन्छ । जब व्यक्तिलाई सर्पले टोक्छ त्यसपछि सर्पको विषले गर्दा व्यक्तिको शरिरमा तुरुन्तै परिवर्तन हुने गर्छ । यद्यपी सर्पले टोकेका कमै मात्र व्यक्तिहरुले नयाँ जीवन पाएका हुन्छन् भने कयौँले त सर्पकै टोकाइको कारण मृत्युवरण गर्न बाध्य हुन्छन् । यद्यपी सर्पले टोक्ने बित्तिकै केही कुरामा विशेष ध्यान दिने हो भने तुरुन्तै ज्यान बचाउन सकिन्छ । जानिराखौँ केके हुन त ती उपायहरु ।

१. चिन्ता कम गर्ने : सर्पको टोकाइबाट पिडित भएको व्यक्तिलाई सर्पदेखि टाढा राख्ने । किनकी कयौँ मानिसले चिन्ताकै कारण ज्यान गुमाएका हुन्छन् । त्यसकारण पिडित व्यक्तिको मनबाट चिन्ता हटाउने कोसिस गर्नुपर्र्छ ।

२.स्थिर रहने : सर्पले टोकेको व्यक्तिलाई सिधा पल्टाउने । यस्तो बेलामा व्यक्तिको शरिर हल्लिन दिनुहुँदैन् । किनकी रक्तसञ्चार ढिलो भयो भने शरिरमा सर्पको विष फैलिन पाउँदैन् ।

३.अनावश्यक चीज निकाल्ने : जुत्ता औँठी पायल, जस्ता कडा चिजहरु शरिरबाट निकाल्ने । बिष फैलिँदा हात खुट्टामा सुजन हुन सक्छ । यस्ता चिजले शरिरमा रक्तसञ्चार हुन रोक्छ ।

४.सिरिन्ज्ले रगत निकाल्ने  : जुन ठाउँमा सर्पले डसेको हो त्यो ठाउँमा इन्जेक्सनको प्रयोग गरेर रगत निकाल्ने ।

५.पट्टी बाध्ने : घाउ भएको ठाउँमा पट्टी बाध्ने । पिडित व्यक्तिलाई स्वास्थ्य संस्था लगेर तुरुन्तै उपचार गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *