नायिका श्वेता खड्का हस्पिटलबाट डिस्चार्ज, आफ्नो साह्रै ख्याल गरेको भन्दै दिइन् यसरी धन्यवाद

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । नायिका श्वेता खड्का हस्पिटलबाट डिस्चार्ज भएकी छन् । उनको घाँटीमा देखिएको ट्युमर भारतको मेडिक्युब हस्पिटलमा शल्यक्रिया गरिएको थियो ।
‘हेलो जिन्दगी’ चलचित्र खेल्न लन्डन उडेकी श्वेता भारतको दिल्लीस्थित अस्पतालमा भर्ना भई उपचार गराएकी थिइन् । श्वेताले शल्यक्रिया सफल भएपछि आफूले दोस्रो जीवन पाएको अनुभूति भएको स्टाटस पोस्ट गरेकी थिइन् ।
श्वेताले आफूले सही समय र सही अस्पतालमा उपचार पाएको भन्दै आफ्नो स्वास्थ्यमा असाध्यै ख्याल गर्ने अभिशेष जैनलाई विशेष धन्यवाद दिएकी छन् । मंगलबार बिहान फेसबुकमा तस्बिरसहितको स्टाटस लेख्दै आफ्नो उपचारमा संलग्न टिम डा.पंकज बर्मन, डा.टोरेन केसी, डा.सुरेन्द्रकुमार दब्बालाई धन्यवाद भनेकी छन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएकाले केही समय आराम गर्ने र त्यसपछि मात्र काममा फर्किने जनाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *