के तपाई छिट्टै विवाह बन्धनमा बाधिन चाहनुहुन्छ ? त्यसोभए आज अक्षय तृतीयाको दिनदेखि अपनाउनुहोस् यि ५ उपाय !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । के तपाई आफ्नो विवाहको सबै कुरा मिलाउदा मिलाउदै पनि विवाह ढिलाई भएर चिन्तामा हुनुहुन्छ ? त्यसोभए आज अक्षय तृतियको दिनदेखि ४ दिनसम्म ३ ३ मालाको जप जप्नुस् । किनभने आज बैशाख २४अक्षय तृतीयाको शुभ तिथि हो । हिन्दु धर्मका अनुसार अक्षय तृतीयालाई सबै मुहूर्त मध्ये सर्वाधिक शुभ र शुद्ध मुहूर्त मानिन्छ । यदि तपाईले अक्षय तृतीयाको दिन यी ५ उपायहरुलाई अपनाउनुभयो भने विवाहमा चाडो हुने विश्वास रहेको छ । हेरौँ के के हुन् ?

-रातको समयमा पहेलो कपडा ओछ्याएर पूर्व दिशा तर्फ अनुहार फर्काएर बस्नुहोस् ।

-आफनो अगाडी माता पार्वतीको चित्र राख्नुहोस् ।

-त्यस्तै आफ्नो अगाडि सानो टेबलमा एक मुठी गहुँ पनि राख्दा राख्नु राम्रो मानिन्छ ।

-त्यसैगरी गहुँमा एक विवाह बाधा निवारण यन्त्र राखेर चन्दन या केसरको टीका लगाउनुहोस् ।
यी सबै प्रक्रिया पुरा भएपछि पुरुष र महिलाले यी तल दिइएको मन्त्र जप्नुस् । अन्तत ४ दिनपछि यी सबै कुरालाई नजिकको मन्दिरमा लगेर सेलाउनुस् ।

पुरुषहरुले जप्ने मन्त्र
पत्नीं मनोरमां देहि मनोवृत्तानुसारिणीम्।
तारणीं दुर्गसंसारसागरस्य कुलोदभवाम्।।

महिलाहरुले जप्ने मन्त्र
ॐ गं घ्रौ गं शीघ्र विवाह सिद्धये गौर्यै फट् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *