१६ वर्षपछि जुरेको अक्षय तृतीयाको यस्तो महासंयोग, लक्ष्मी र विष्णुलाई प्रसन्न पार्नुहोस् मिल्नेछ खुसी नै खुसी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बैशाख महिनाको शुक्ल पक्षको तृतिय तिथिको दिन मनाइने अक्षय तृतियाको दिनलाई हिन्दु धर्ममा विशेष महत्व दिने गरिन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतियको तात्पर्य भनेको यस्तो दिन हो जुन दिन जस्तो काम गरेपनि क्षय हुँदैन् । त्यसकारण यो दिन गरिने हरेक कार्यलाई शुभ मानिन्छ । आज अक्षय तितृय भएकाले यो दिन गरिने मांगलिक कार्यबाट विशेष लाभ हुने बताइएको छ । यो दिन गरिएको मांगलिक कार्यबाट २४ घण्टामा त्यसको लाभ उठाउन सकिने विश्वास रहेको छ ।

जान्नुहोस् यस्तो छ अक्षय तृतीयाको पौराणिक महत्व : पौराणिक ग्रन्थ अनुसार सत्ययुग, त्रेता युगको प्रारम्भ यसै तिथिको दिनबाट शुरु भएको र भगवान विष्णुले पृथ्वीलोकमा यसै दिन नर नारायण हयग्रीव र परशुरामको रुपमा अवतरण गरेको बताइन्छ । त्यसैले आजको दिन बद्रीनाथमा प्रतिमाको स्थापित गरि पूजा आज गरिने परम्परा रहेको छ । आजकै दिन चार धाम मध्येको एक प्रसिद्ध रहेको बद्रीनाथको ढोका पनि आजै खोलीने परम्परा रहेको छ ।

माता मधुरा र भगवान शिवको अवतारमा सुन्दरेषाको विवाह पनि आजकै दिन भएको थियो । त्यसरकारण आजको दिन विवाह गर्दा शुभ हुने बताइन्छ । अक्षय तृतियको दिनलाई सुन्दर शुभ र अद्भूत दिनको रुपमा लिने गरिन्छ । सूर्य, चन्द्र, र राहू आफ्नो उच्च राशीमा हुने हुँदा यो दिन विशेष रहेको ज्योतिषहरुको भनाइ छ । सन् २००३ मा जुरेको यो संयोग १६ वर्ष पछि आजको दिन जुरेको हो । यो दिन विवाह, मांगलिक कार्यहरु गर्न शुभ साइत जुराउनु पर्दैन् । अक्षय तृतियको पूरा दिन सबै प्रकारको कार्य गर्दा दुइगुणा लाभ हुन्छ ।

यसरी मिल्नेछ लाभ  : भगवान विष्णुलाई सर्मपन गरेको यो दिन विष्णुको पूजाआज गर्दा हरेक किसिमको कष्टहरुबाट छुटकारा मिल्छ । यो दिन बिहानै नदिमा गइ स्नान गरेर शुद्ध भइ पहेँलो वस्त्र धारण गरर मन्दिरमा गइ तुलसीको पहेँलो फुलको माला अर्पित गर्नुपर्छ । त्यसपछि धूप अगरबत्ति र दीप बाली एक आसनमा बसेर विष्णु चालिसा पाठ गर्ने । यसरी पूजा भइसकेपछि गरिब दुखीलाई दान गर्दा निकै लाभदायक हुनुको साथै हरेक मनोकामना पुरा हुनेछ ।

कुण्डली मिलान गर्न सकिन्छ विवाह : अक्षय तृतियको दिनलाई विवाहको अबूभm दिन भन्ने गरिन्छ । किनकी यो दिन विवाह गर्न कुनै काल, दोष हेर्नु पर्दैन् । यो दिन पुरै पवित्र हुन्छ । त्यसकारण विवाह गर्न कुण्डली मिलाउन आवश्यक पर्दैन् । यो दिन अति खतनाक भनिएका ग्रहरुको प्रभाव पनि खतम हुन्छ ।

किनमेलको लागि अत्यन्तै शुभ : यो दिन सुन चाँदी खरिद गर्नको लागि पनि निकै शुुभ रहेको छ । ज्योतिषको अनुसार सुन चाँदी जस्ता धातुहरु खरिद गर्दा शुभ फल दिनुको साथै भाँडाकुडा, गाडी र घरहरु खरिद गर्न पनि शुभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *