आज अक्षय तृतीयाको दिन चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्म दिन मनाउदै , कति बर्ष लागे उनी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ,२४ वैशाख । चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आज जन्मदिन रहेको छ । उनी २००७ साल बैशाख २४ गते काठमाडौँको जितपुर फेदीमा जन्मिएका हुन् । उनी आजबाट ६९ बर्षमा प्रवेश गरेका छन् । तर उनी जन्मेको एकैदिन भएपनि जन्मदिन तीन टुक्रा भएको छ । किनभने उनले आफ्नो जन्मदिन गतेले वैशाख ७ गते , तारिकले 19th.April र तिथिले अक्षय तृतीयको दिन मनाउँछन् । घरमा चाहि आज अक्षय तृतिय शुभ दिने परेकाले आज मनाउने चलन रहेको उनले आफ्नो फेसबुक मार्फत बताएका छन् ।

सानै देखि गायन र कलाकारितामा रुचि भएका उनले कलाकारिता क्षेत्रमा करिब ४ दशक लामो यात्रा गरिसकेका छन् । उनले हरिवर्श आर्चायसँग मह जोडी रुपमा जोडी बाँधेर देशमा मात्र नभएर विदेशमा पनि चर्चा कमाएका छन् । उनले आफ्नो जीवनको लामो यात्रामा नाटक ,हास्य प्रहशन, टेली चलचित्र ,रेडियो कार्यक्रम ,विज्ञापन ,सन्देश मुलक जानकारी र चलचित्र निर्माण गर्नुका साथै अभिनय समेत गरिसकेका छन् । हाल मह संचारको प्रस्तुतिमा रहेको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनरत रहेको छ । जसले राम्रो व्यापार गरिरहेको निर्माण टिमले बताएका छन्।

https://www.facebook.com/yourMadanKrishnaShrestha/photos/a.364961003618974/2112526335529090/?type=3&theater

Leave a Reply

Your email address will not be published. Required fields are marked *