चलचित्र प्रेमगीत ३’ बन्ने पक्का ! प्रदीपका लागि हिरोइन खोज्दै सन्तोष , यसरी भर्नुस् फारम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र प्रेमगीतको पहिलो र दोस्रो सिरिजको सफलतापछि तेस्रो बन्ने पक्का भएको छ । यसको दुवै सिरिजलाई दर्शकले एकदमै मन पराएपछि प्रेमगीत ३’ लागी नायकको रुपमा प्रदीप खड्कालाई नै राख्ने निश्चित भएको छ । निर्माता सेनका अनुसार चलचित्रको कथा २ सय वर्ष पुरानो भएकाले चलचित्रलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । साथै झण्डै एक वर्षदेखि चलचित्रको स्क्रिप्टको काम भइरहेको र अबको दुई हप्तामा पूरा हुने सेनले जानकारी दिए । चलचित्रको आउँदो चैत २८ गतेलाई प्रर्दशन मिती घोषणा गरिएको छ ।

तर यस चलचित्रमा नायिकाको टुंगो लागेको छैन् । यसभन्दा अघि प्रेमगीत ३’ लागी नीति शाहलाई अप्रोच गरेको थियो । तर, उनले तत्काल चलचित्र नगर्ने घोषणा गरिसकेकी छन् ।

त्यसपछि प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले चलचित्रमा नयाँ अनुहार लिने भएका छन् चलचित्र निर्माण कम्पनी आशुसेन फिल्मस्ले नायिकाको लागि अडिसन आह्वान गरेको छ । निर्माता सेनले विज्ञप्ती मार्फत नायिकाको लागी १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर ’गीत’ का लागि अडिसन दिन सक्ने जानकारी दिएका छन् । त्यस्तै उचाई ५.२ देखि ५.७ सम्म हुनुपर्नेछ ।’आउँदो जेठ १० गतेसम्ममा  www.aasusenfilms.com मा गएर फारम भर्न सकिने वा filmsaasusen@gmail.com मा सम्पर्क गर्न सकिने उल्लेख गरको छ । त्यसैले नायिका बन्न इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तस्विरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई नायिकाको रुपमा छनोट गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *