नायिका सुहाना थापाको आज जन्मदिन, झरना पुत्री सुहाना कति वर्ष लागिन् त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ वैशाख । नायिका सुहाना थापाको आज जन्मदिन । १९९६ मे ८ तारिखका दिन उनको जन्म काठमाडौंको नयाँ बानेश्वरमा भएको हो । यस आधारमा उनी आज आफ्नो २४औं जन्मदिन मनाउँदैछिन् । पहिलो चलचित्रबाटै नेपाली रजतपटमा स्थापित हुने र लोकप्रिय हुनेमा सुहाना पनि पर्छिन् । सुहाना निर्माता सुनिलकुमार थापा र नायिका निर्देशक झरना थापाकी सुपुत्री हुन् । हाल अमेरिकामा उच्च अध्ययन गरिरहेकी सुहानालाई सुनिल र झरनाले ‘ए मेरो हजुर ३’ बाट डेब्यु गराएका थिए ।

पहिलो चलचित्र नै सुपरहिट भएपछि सुहाना दंग छिन् । मिडियामा पनि उनी छाएकी छन् । ‘ए मेरो हजुर ३’ ले सफलता भएपछि निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाले आज दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘सक्सेस पार्टी’ को आयोजना गरेका छन् । आफ्नी छोरी सुहानाको बर्थ डेको अवसर पारेर थापा दम्पतीले सेलेब्रेसन पार्टीको आयोजना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *