सान्टोसका अध्यक्षले भने, ‘नेयमार तिमी रियल मड्रिड जाउ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः ब्राजिलियन क्लब सान्तोसका अध्यक्ष जोसे कार्लोस पेरेजले नेयमारले बार्सिलोना छाड्नु भुल भएको बताएका छन् । सान्टोसका पूर्व खेलाडी नेयमारका बारेमा उनले भनेका छन्, ‘नेयमार अहिले कहीं न कहीं बार्सिलोना छाडेकोमा पश्चतापमा छन् ।’

नेयमार सन् २०१३ मा सान्तोषबाटै बार्सिलोनामा अनुबन्ध भएका थिए । क्याम्प नोउमा ४ सिजन बिताएका उनी २ वर्षअघि बार्सिलोना छाडेर विश्वकीर्तिमानी मूल्य २२२ मिलियन युरोमा पिएसजी गएका थिए ।

तर, पेरिसमा ठूला सफलता नपाएपछि नेयमार अहिले निराश रहेको र उनले यो सिजनपछि क्लब छाड्ने तयारी गरिरहेको चर्चा बढेको छ । यसैबेला नेइमारको पूर्वक्लबका अध्यक्ष पेरेजले नेइमारको विगत र भविष्यबारे धारणा राखेका हुन् ।

‘मेरो हिसाबमा नेयमारले बार्सिलोना छाड्ने निर्णय भुल थियो,’ पेरेजले भने, ‘नेयमारलाई अहिले यसमा पछुतो हुनुपर्छ ।’ पेरेजले अब नेइमारले ठूला उपाधि जित्न स्पेन नै फर्किनुपर्ने बताए । ‘मलाई लाग्छ– नेयमार रियल मड्रिड जाँदैछन् । र, यतिबेला उनका लागि सबैभन्दा सही क्लब त्यही हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *