बार्सिलोनामा गर्डिवला फर्कने संकेत !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस बार्सिलोना च्याम्पियन लिगबाट आउट हुनुलाई अप्रत्यासित भनेका छन् । गए राति जारी सिजनको प्रिमियर लिग च्याम्पियन बनेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । बार्सिलोनाको पूर्वप्रशिक्षकसमेत रहेका ग्वार्डिओलाले बार्सिलोनालाई ट्रिबेल उपाधि जिताएका थिए । ग्वार्डिओला बार्सिलोनाको इतिहासमा सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् ।

गत राति सिटीले अन्तिम खेलमा ब्राइटनलाई १–४ ले हराएर लगातार दोस्रोपटक लिग उपाधि जित्यो । लिग च्याम्पियन बनेपछि आयोजित पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई बार्सिलोनाले च्याम्पियन्स लिगमा भोगेको असफलताबारे सोधिएको थियो । सो क्रममा उनले एनफिल्डमा बार्सिलोनाले भोगेको पराजय कल्पनाभन्दा बाहिरको रहेको बताए ।

‘बार्सिलोनाजस्तो टिमले ३–० अग्रता जोगाउन नसक्नु दुर्भाग्य हो,’ ग्वार्डिओाले भने, ‘यस्तो नतिजा फुटबलमा विरलै मात्र देखिन्छ । तर, फुटबलमा हरेक कुरा सम्भव हुन्छ ।’ केही समयअघि ग्वार्डिओलाले एक अन्तर्वार्तामा सेमिफाइनलमा लिरभपुलले बार्सिलोनालाई हराउन सक्ने अनुमान गरेका थिए । ‘हो, मलाई यस्तो लागेको थियो । तर, बार्सिलोनाले ३–० को अग्रता लिएर गुमाउँछ भन्ने लागेको थिएन ।’

बार्सिलोनाले यो सिजनपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई प्रतिस्थापन गर्न सक्ने चर्चा छ । सो प्रसंगमा पत्रकारले ग्वार्डिओलालाई पुनः बार्सिलोना फर्किने सम्भावनाबारे सोधेका थिए । तर, ग्वार्डिओलाले यसमा सटिक उत्तर दिए । ‘बार्सिलोना मेरो घर हो । म त्यो क्लब र त्यहाँका खेलाडीलाई एकदमै माया गर्छु,’ उनले भने, ‘तर, अहिले म म्यानचेस्टरमा छु । यहाँ मेरो सम्झौता छ । यहाँ मेरा निश्चित उद्देश्य छन् । म यहाँ खुसी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *