आइपिएल खेलेर फर्किएका सन्दीपले किने १० लाखको बाइक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले करिब १० लाख पर्ने बीएमडब्लू बाइक किनेका छन्। हालै इन्डियन प्रिमियर लिग आईपीएल खेलेर स्वदेश फर्किएका सन्दीपले ९ लाख ७५ हजार रुपैयाँमा बीएमडब्लू बाइक किनेका हुन्।

बीएमडब्लू कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको बाइक किनेसँगै मंगलबार फेसबुकमा ‘परिवारमा नयाँ सदस्य’ थपिएको भन्दै उनले आफ्नो नयाँ बाइकको फोटो सार्वजनिक गरेका छन्। गतवर्षमात्र उनले टाटा मोटर्सको तर्फबाट टाटा टिगोर कार उपहार पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *