यसरी गुड्थ्यो धरानमा रेल, जो अहिले इतिहास बसेको छ, अझै पाइन्छ भग्नावशेष

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ जेठ । अहिले नेपालमा भारतको ब्रोडगेज रेल र चिनियाँ चुच्चे रेलको चर्चा खुबै चलेको छ । भारत र चीनमध्ये कसको रेल पहिला नेपालमा गु्ड्छ भन्ने चासो सर्वत्र छ ।
हुन त सरकारले भारतसँग दुईवटा रेलको डिब्बा किन्ने निर्णय गर्दै ८४ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरिसकेको छ । तर, पनि थरीथरीका रेलको चर्चा चल्दै आएको छ । स्काई रेल, मोनो रेल, मेट्रो रेल, द्रुत गतिको रेल आदि इत्यादि ।
अहिले पनि नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म रेल सेवा चालू छ । विगतमा भारतको रक्सौलदेखि वीरगन्ज, पथलैया हुँदै अमलेखगन्जसम्म रेल कुद्ने गथ्र्यो । पञ्चायतकालको अन्तिम समयसम्म धरानमा रेल कुद्ने गरेको सम्झने युवा जमात धेरै छ ।
करिब १९६६ तिर यसरी धरानमा रेल चल्ने गथ्र्यो । चक्रघट्टीमा स्टेसन थियो । धरान–चक्रघट्टी हुँदै वीरपुर ढुंगा रेलले लैजान्थ्यो । पछि चतरा–चक्रघट्टी–वीरपुरसम्म लगभग २०४६ सम्म रेल चलेको थियो । (तस्बिर) मा देखिएको रेल धरानकै हो । जसमा ‘इमेज अफ रेल्वे युके’ लेखिएको छ ।
धरानको घोपाक्याम्प (हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान) सम्म रेल कुद्ने गरेको बुढापाकाहरू बताउँछन् । उनीहरूका अनुसार धरानको सर्दु खोलाको ढुंगा कोसी ब्यारेजसम्म लैजान रेल चलाइएको हो । सँगै धरानको फुस्रेदेखि घोपाक्याम्प रहेको रेल्वे स्टेसनसम्म ढुंगा बोक्ने रोपवे पनि थियो । १५–२० वर्षअघिसम्म सुनसरीको भन्टाबारीसम्म रेलको लिक थियो । तर, अहिले भग्नावशेष मात्र बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *