रोनाल्डो र मार्सेलो फेरी सँगै !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः रियल मड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलोले क्लब छोड्ने तयारी गरेका छन् । जारी सिजन अधिकांश समय बेन्चमा बसेका उनी रियलमा निराश रहेको र युभेन्टस जाने तयारी गरेको स्पेनिस मिडियाले जनाएका छन् ।

सेन्टियागो सोलारी प्रशिक्षक रहँदा उनी बेन्चमा रहन्थे । जिनेदिन जिदान फर्किपछि भने उनले मौका पाउँदै आएका छन् । तर, पनि उनले रियलमा आफ्नो भविष्य सुरक्षित नरहेको निष्कर्ष निकालेका छन् ।

सोही कारण उनी पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जाने तयारीमा रहेको बताइएको छ । रियलमा मार्सेलो र रोनाल्डोबीचको सम्बन्ध राम्रो थियो । रोनाल्डोले युभेन्टसलाई मार्सेलो भित्र्याउन आग्रह गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *