नेयमारले छोड्ने संकेत गरेपछि ग्रिजम्यान भित्र्याउने दौडमा पिएसजी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः एट्लेटिको मड्रिडका स्टार एन्टोइन ग्रिजम्यानले क्लब छोड्ने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा उनलाई अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना लागि परेको छ ।

तर, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) समेत ग्रिजम्यानलाई अनुबन्ध गर्ने दौडमा छ । सुपरस्टार नेयमारले क्लब छाड्न सक्ने विषयलाई ध्यानमा राखेर पिएसजी ग्रिजम्यानलाई अनुबन्ध गर्ने तयारीमा रहेको बताइएको छ ।

बार्सिलोनालाई पछि पार्दै ग्रिजम्यानलाई पेरिस उतार्ने योजनामा पिएसजी रहेको बताइएको छ । पिएसजीले ग्रिजम्यानलाई आकर्षक तलब–सुविधाभन्दा दिएर भित्र्याउने कसरत गरिरहेको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डेपोर्टिभो’ले केही दिन अघि ग्रिजम्यानकी दिदी र उनका एजेन्ट तथा पिएसजीका अधिकारीबीच स्पेनमा बैठक भएको छ । र, बैठकमा सम्भावित सरुवाबारे छलफल समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *