बार्सिलोनाका अध्यक्षले भने, ‘भाल्भार्डेले क्लब छोड्दैनन्’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टामेउले प्रशिक्षक अर्नेस्टो भालभर्डेले क्लब नछोड्ने बताएका छन् । च्याम्यिन्स लिगमा लिभरपुलसँग अप्रत्यासित हार व्यहोरेपछि भालभर्डेको भविष्य अनिश्चित बनेको बताइँदै आइएको छ ।

तर, अध्यक्ष बार्टामेउले भने बार्सिलोनाले भालभर्डेलाई निरन्तरता दिने बताएका छन् । बार्सिलोनाका समर्थक र जेनेरल म्यानेजर पेप सेगुरा भने भालभर्डेलाई बर्खास्त गर्नुपर्ने पक्षमा छन् । ‘हामीले आगमी सिजनको योजना बनाइरहेका छौं,’ बार्टामेउले एक पुस्तक विमोचन कार्यक्रममा भनेका छन्, ‘कोपा डेल रेको फाइनल पछि थप कुरा गर्नेछौं ।

भालभेर्डको हामीसँग सम्झौता छ । उनीसँग हामी खुसी छौं र उनलाई चाहान्छौं ।’ मे २५ मा बार्सिलोनाले कोपा डेल रेको फाइनल भ्यालेन्सियासँग खेल्दैछ । यदी बार्सिलोनाले कोपा डेल रे जिते भालभर्डेको नेतृत्वमा लगातार दुई सिजन डबल जित्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *