मदन–आश्रितको हत्यारा किन खोज्दैन कम्युनिस्ट सरकार, जबकि विद्या भण्डारी दुईचोटि राष्ट्रपति बनिसकिन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख । आज जेठ ३ गते । २६ वर्षअघि (२०५०) आजकै दिन तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित गाडी दुर्घटनामा निधन भएको थियो । चितवनको दासढुंगास्थित नारायणी नदी किनारमा दुर्घटना भएकाले त्यो ‘दासढुंगा दुर्घटना’ का नामले चर्चित थियो ।

पार्टीको कार्यक्रममा भाग लिन हिँडेका मदन–आश्रित सवार जिप अमर लामाले चलाएका थिए । दुई नेताको घटनास्थलमै मृत्यु भएको थियो भने लामालाई भने केही पनि भएन । दुर्घटना हुने बेला देशमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको सरकार थियो । तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले दुर्घटना नियोजित र षड्यन्त्रमूलक भएको भन्दै तत्कालीन सरकारले गराएको आरोप लगायो ।

दुर्घटनामा गाडी चालक मात्रै बाँच्नु तर चर्चित नेताहरूको मृत्यु हुनुले सबैलाई आश्चर्य लागेको थियो । अमर लामा केही समयपछि ‘जय नेपाल’ सांस्कृतिक अभियानको अध्यक्ष बने । तर, सशस्त्र माओवादी द्वन्द्वकालको उत्कर्षमा उनी माओवादीबाटै कीर्तिपुरमा गोली हानेर मारिए ।

दासढुंगा दुर्घटनाका एक मात्र साक्षी अमर लामालाई माओवादीले हत्या गर्नुको रहस्य अहिलेसम्म सुल्झिसकेको छैन । दासढुंगा दुर्घटना भएयता नेपालमा ६ जना कम्युनिस्ट नेता प्रधानमन्त्री बनिसके । एमालेबाटै चारजना र माओवादीबाट दुईजना प्रधानमन्त्री बने । एमालेका अध्यक्ष, महासचिव र स्थायी समिति सदस्य रहेका नेताहरू प्रधानमन्त्री बने पनि अहिलेसम्म मदन–आश्रितको हत्याराको पत्ता लाग्न सकेको छैन ।

त्यति मात्र होइन, मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी दुई–दुईपटक मुलुकको राष्ट्रपति बनिसकिन् । तर, अहिलेसम्म उनले यस विषयमा कुनै चासो देखाएकी छैनन् । कांग्रेस पार्टीको सरकार हुँदा तत्कालीन एमाले नेताहरूले कम्युनिस्ट सरकार बनेपछि मदन–आश्रितको हत्याराको पत्ता लगाउने बताउने गरेका थिए । तर, कम्युनिस्ट सरकार बनेपछि यो विषय सामसुम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *