‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एक साथ हलमा, दर्शक बाँडिने निर्मातालाई चिन्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ जेठ । यो शुक्रबार एक साथ दुई ठूला चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ रिलिज भएका छन् । २०७६ मा आशा गरिएका दुवै चलचित्र आपसमा भिडेपछि निर्माता र वितरकमा चिन्ता उत्पन्न भएको छ । खासगरी दुवै चलचित्रका कलाकारलाई आफ्नो चलचित्र नचल्ने हो कि भन्ने डर छ । ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ सिक्वेल चलचित्र हुन् । यसअघिका ‘जात्रा’ र ‘वीर विक्रम’ सुपरहिट भएका थिए । त्यसैले दुवै चलचित्रप्रति दर्शकको खास चासो र प्रतीक्षा रहेको देख्न सकिन्छ ।

‘जात्रै जात्रा’ ले मल्टिप्लेक्स र सिंगल स्क्रिन थिएटरमा राम्रो शो पाएको छ । ‘वीर विक्रम २’ ले केही घटी सिनेमा हल र शो पाए पनि दुवैले आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ । ‘जात्रै जात्रा’ को निर्देशन प्रदीप भट्टराई र ‘वीर विक्रम २’ को निर्देशन मिलन चाम्सले गरेका छन् । यसअघिका चलचित्रका निर्देशक पनि उनीहरू नै थिए ।

‘जात्रै जात्रा’ मा विपीन कार्की, वर्षा राउत, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको एउटा गीतमा निश्चल बस्नेत र करिश्मा मानन्धरको केमियो देख्न सकिन्छ ।
‘वीर विक्रम २’ पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेनलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा समावेश ‘पिरतीको मीठो तिर्सना…’ बोलको गीत हिट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *