बार्सिलोनाले पिएसजीलाई डेम्बेले दिएर नेयमार फर्काउने ! भालभर्डेलाई नहटाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई नहटाउने भएको छ । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलसँग र कोपा डेल रेको फाइनलमा भ्यालेन्स्यिासँग पराजित भएपछि बार्सिलोनाले भालभर्डेलाई बर्खास्त गर्न लागेको समचार बाहिरिएका थिए ।

तर, स्पेनिस पत्रिका मार्काका अनुसार भालभर्डे थप एक बर्ष बार्सिलोनामै रहने पक्का भएको छ । बार्साका अध्यक्ष जोसेफ मारिया बार्टामेउले भालभर्डेको पक्षमा निर्णय गरेको मार्काको दावी छ ।

डेम्बेले दिएर नेयमार फर्काउने

यस्तै बार्सिलोनाले आफ्ना पूर्व स्टार नेयमारलाई क्लब फर्काउने कोशिस गर्ने भएको छ । २०१७ मा विश्वकिर्तिमानी रकम १९८ मिलियन पाउण्डमा पिएसजी गएका उनलाई पुनः क्लबमा भित्र्याउने प्रयासमा बार्सिलोना रहेको बताइएको छ । नेयमार फर्काउन बार्सिलोनाले उसमाने डेम्बेले पिएसजीलाई दिन तयार रहेको स्पेनिस मिडियाहरुको दावी छ । पछिल्लो समय नेयमारलाई रियल मड्रिडले समेत पच्छाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *