रिभाल्डोको दावीः नेयमार नफर्काइ बार्सिलोनाले च्याम्पियन्स लिग जित्दैन !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः बार्सिलोनाका लिजेन्ड रिभाल्डोले नेयमार नफर्काएसम्म बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जित्न कठिन हुने बताएका छन् । बार्सिलोनाले च्याम्पियन्स लिगमा पछिल्ला चार सिजनमा लगातार निराशाजनक प्रर्दशन गर्दै आएको छ । गत सिजन रोमासँग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको बार्सिलोना यो जिनमा लिभरपुलसँग पराजित हुँदै सेमिफाइनलबाट बारिहएको थियो ।

यस्तो अवस्थामा रिभाल्डोले बार्सिलोनामा नेयमारको आवश्यकता खड्किएको बताएका हुन् । ‘बार्सिलोनाले चार सिजनमा गरेको प्रर्दशन हेर्दा नेयमारको अभाव देखिएको छ,’ उनले भनेका छन्, ‘नेयमारको आवश्यकताबारेमा मेस्सी र क्लबलाई समेत थाहा छ ।’ उनले बार्सिलोनाले च्याम्पियन्स लिग जित्ने हो भने नेयमारलाई फिर्ता ल्याउनुपर्ने बताएका छन् ।

‘कति सम्भव छ, थाहा छैन । तर च्याम्पियन्स लिग जित्ने हो भने बार्सिलोनाले नेयमारलाई फिर्ता ल्याउनुपर्छ,’ उनले भनेका छन् । सन् २०१७ मा नेयमार बार्सिलोनाबाट १९८ मिलियन पाउण्डमा पिएसजी गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *