गायक स्वरूपराज आचार्य भन्छन्, ‘साढे ७’ले नयाँ अनुभव दियो (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,७ असोज । चलचित्र र संगीत भनेको एक सिक्काको दुईपाटा जस्तै हो । संगीतमा लागेकाहरुलाई पनि अभिनयमा आउने इच्छा पलाउँछ, सार्थक बनाउँछन् । यसैको पछिल्लो उदाहरण हो– चर्चित गायकद्वय दाजुभाइ सत्यराज आचार्य र स्वरुप आचार्य । उनीहरुले ‘साढेँ ७’ चलचित्र निर्माण गरेका छन् । आफूहरुलाई अभिनय र चलचित्रको क्षेत्रमा आउने इच्छा नै ‘साढे ७’ निर्माणको साइत जरेको हो ।

दाजु सत्यराजले संगीतसहित अभिनयमा पनि राम्रै प्रतिक्रिया पाइरहँदा भने भाइ स्वरूप चलचित्रमा अभिनयकै माध्यमबाट स्थापित भइहाल्नेमा ढुक्क छैनन् । आफू अलिबढी लजालु भएकाले अभिनयमै होमिन अहिले नै तैयार नभएको स्वरुप बताउँछन् ।

मंसिर १५ गते प्रदर्शन मिति तोकिएको चलचित्र साढे ७ निर्माण गरेका एक निर्माता स्वरुपराज आफूहरु एक फरक स्वादसहित दर्शक माझ आएको बताउँछन । सो चलचित्रले दर्शकले फरकपन पाउनेमा उनीहरु विश्वस्त छन् ।

चलचित्रको पहिले मेरुदण्ड भनेको कथाबस्तु मान्ने स्वरूपराज भन्छन्, ‘संगीतमा पनि सधै चलिआएको ट्रेण्डलाई बदल्न सकेको भएर नै सत्य–स्वरूपले छुटै पहिचान बनाएको हो, चलचित्रमा पनि हामी यसै गर्न चाहन्छौँ ।’

आफ्नै चलचित्र साढे ७ लाई दर्शाउँदै स्वरूपराज भन्छन्, साढे ७ (धार्मिक विश्वासमा मानिने ‘दशा’) सधैँ नकारात्मक हुन्छ भन्ने छैन, कहिलेकाही साढे ७ मा पनि कत्ति सफलताहरु भएका हुन्छन्, यो नै चलचित्रको कथा हो। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *