डा. भोला रिजालको तीन पुस्ता एकैचोटि संगीत क्षेत्रमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ६ असोज । स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका ४ भाइ छोरा मध्य माहिलो छोरा इन्जिनियर छन् भने अरु तीनैजना चिकित्सा पेसा मै आवद्ध छन् । डा. कपिल रिजाल उनका जेठा छोरा हुन् । भोला र कपिलमा धेरै कुराहरुमा समानता देखिन्छ ।

दुवै चिकित्सक हुन्, बाबु भोला गाइनोकोलोजिस्ट हुन् भने छोरा डेन्टिस्ट हुन् । दुवै सामाजिक अभियन्ता र दुवै कला क्षेत्रमा पनि सक्रिय हुँदै आएका छन् ।

मिडिया एनपीसँगको कुराकानीमा डा भोला रिजाल भन्छन्, ‘धेरैले हामीलाई दाजुभाइ भन्छन् ।’ उमेरले जम्मा १८ बर्ष अन्तर रहेका बाबु–छोरामा धेरै समानता भए पनि केही असमानता छ । बुवासँगको असमानताका बारेमा छोरा कपिल भन्छन्, ‘बुवा म भन्दा धेरै सहनशील र धैर्यवान हुनुहुन्छ ।’

हालै सार्वजनिक भएको डा. भोला रिजालको शब्द सृजना तथा रामकृष्ण ढकालको स्वर र डा. कपिल रिजालको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियो ‘सम्बन्ध’मा पारिवारिक संवेदनालाई समेटिएको छ ।

चिकित्सा पेसामा व्यस्त भएपनि सधैँ खानाखाने बेलामा सबैपरिवार एकै ठाउमा भेला भएर खाने चलन छ रिजाल परिवारमा । खाना खाने बेलामा कसैको कुनै किसिमको गुनासो छ भने निःसन्देह भन्न सकिने वातावरण भएकाले नै रिजाल परिवारका सबै सदस्य खुशी रहेका छन् ।

कपिल रिजाल २१ बर्षदेखि लन्डनमा बस्दै आएपनी स्वदेशमा हुने सामाजिककार्य पनि उत्तिकै सक्रिय छन् । भोला रिजालकी नातिनी कपिल रिजालकी कान्छीछोरी तारा रिजाल पनि हजुरबुवाको गोरेटोलाई पछ्याउदै अघि बढ्दै छिन् । उनी लन्डनमा बस्छिन् । खासै नेपाली बोल्न नजाने पनि नेपाली गीत स्पष्टसँग गाउन सक्छिन्, यो सबै बुवा र हजुर बुवाको गुणको कारण मान्छन डा. कपिल रिजाल ।

डा. कपिल थप्छन्, ‘नेपालमा हाम्रो परिवारमा मात्र हैन, धेरै परिवारमा यस्ता कला र फरक प्रतिभा भएका बालबच्चा छन् । अभिभावकले यस्ता सन्तानको प्रतिभा निखारिन वा प्रस्फुटन गर्न समय निकाल्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *