‘बाबु कान्छा’को पहिलो गीत ‘चन्द्रमा झैँ राम्री छौं’ सार्वजनिक (भिडियो)

  • 508
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    508
    Shares

काठमाडौं, ६ असोज । आउँदो मंसिर १५ गते प्रदर्शन हुन लागेको चलचित्र ‘बाबु कान्छा’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बाबु कान्छा’मा समावेश ‘चन्द्रमा झैँ राम्री छौं’ बोलको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नायक सलोन बस्नेत, नायिका मेलिना राई र ओम सुनारको स्वर रहेको छ । शोभित बस्नेतले निर्देशन रहेको उक्त चलचित्रको सो गीतमा टंक बुढाथोकी र लक्ष्मण ’शेष’को संगीत रहेको छ ।

क्लब डान्सको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा सलोन बस्नेत, करिश्मा श्रेष्ठ, ऋतिक शाही लगायतका कलाकारहरु फिचरिङ छन् ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सलोन, करिश्मा र ऋतिक, एसलिन ज्ञवाली, ज्योत्सना सापकोटा, सरोज खनाल, नीर शाह, राजाराम पौडेल, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *