‘रुद्रप्रिया’को ‘तिमी बाहेक अरु…’ बोलको गीत सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाठौं, ८ असोज । आउँदो कात्तिक २ गते प्रदर्शनको मिति तय गरिएको चलचित्र ‘रुद्रप्रिया’को ‘तिम्रो बाहेक अरु…’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा सनुप पौडेल र अञ्जु पन्तको स्वर तथा अम्बिका शर्माको शब्द सृजना र अर्जुन पोख्रेलको संगीत रहेको छ । प्रविन सिंहको कोरियोग्राफी रहेको उक्त गीतमा रेखा थापा र आर्यन सिग्देलबीचको प्रेमलाई प्रस्तुत गरिएको छ ।

रेखा फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘रुद्रप्रिया’ मा रेखा थापा, आर्यन सिक्देल र राजन इशानको मुख्य भूमिका रहेको छ । उक्त चलचित्रलाई सुदिप वोवी भुपाल सिंहले निर्देशन गरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *