दशैँकै बेला नायिका प्रियंका कार्कीले अर्की नायिका स्वस्तिमा खड्कालाई भाञ्जी बनाएपछिको मस्ती (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १० असोज । बुधबार (भोलि)बाट प्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ प्रदर्शनमा आउँदैछ । विकासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरी, गौरव पहारी, रवि ढंगोल, आयुष्मान देशराज लगायतका कलाकारको अभिनय रहेको छ ।

यही छक्का पञ्जा–२ की नायिकाद्वय प्रियंका कार्की र स्वस्तिमा खड्काले बाल्यकालमा र अहिले दशैं मनाउने तरिकाबारे जानकारी दिएका छन् । बाल्यकालमा उट्पट्याङसहित टीका लगाएर दिने दक्षिणामा विशेष ध्यान जाने गरेको बताए । तर, अहिले छक्का पञ्जा–२ की नायिकाका रुपमा रहेका उनीहरुले यस वर्ष भने दर्शक र परिवारका सदस्यहरुसँग बसेर दशैं मनाउने जानकारी दिए ।

असोज ११ गते फूलपातीको दिन छक्का पञ्जा–२ प्रदर्शन हुने भएकाले दर्शक र छक्का पञ्जा–२ को टीम र परिवारका सदस्यहरुसँग बसेर दशैं मनाउने उनीहरुले बताए ।  प्रियंका दशैंका बेला वर्ष दिनभरी भेटघाट नभएका पारिवारिक सदस्य तथा साथीहरुसँगको जमघट मन पराउँछिन् तथा स्वस्तिमालाई भने खानेकुराप्रति विशेष ध्यान जाने बताइन् ।

बाल्यकालमा दशैंमा विद्यालय बन्द हुने, नयाँ लुगा लगाउन पाउने, दक्षिणा कति पाइन्छ भनेर उत्सुकता हुने गरेको एउटै अनुभव सुनाएका प्रियंका र स्वस्तिमालाई अहिले भने परिवारका सदस्य र आफन्तहरुलाई समय दिन सकिँदैन की भनेर सचेत हुने गरेको बताइन् । अहिले दशैं मनाउने तरिका पनि कमर्सियल हुन थालेको प्रियंका बताउँछिन् । ऊ बेलाको जस्तो दशैंको रौनकतामा अहिले कमी आएको उनले अनुभव गर्न थालेकी छिन् ।

रमाइलो र खुसीका लागि सामान्य पैसामा परिवारका सदस्यहीबीच प्रियंका र स्वस्तिमा दुवै दशैंमा तास पनि खेल्ने गर्छन् । दशैंका बारेमा कुराकानी गर्ने बेला उनीहरुले निकै रमाइलो अभिनय पनि गरे भने दशैंको महत्व र यसमा आइरहेको ह्रासलाई पनि केही वर्णन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *