कलाकार राजाराम पौडेल पार्टीमा सधैं ‘डिजे’सँग झगडा गर्छन् (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ असोज ।  तीन दशक भन्दा बढी नेपाली कलाक्षेत्रमा लागेका कलाकार राजाराम पौडेलले नेपाली गीत संगीत र कलाले विश्वमा आफ्नो स्थान बनाउन सक्ने बताउँछन् ।

पछिल्ला दिनहरु बनेका नेपाली चलचित्रले नेपालमा वर्चश्व कायम गरेका बलिउड चलचित्रलाई विस्तापित गरेको उनको भनाइ छ । नेपाली गीत संगीत, कला, संस्कृतिको जगेर्ना र प्रवर्द्धन नेपालीहरु नै लागि पर्नुपर्ने सुझाव दिएका उनले यही विषयले आफूलाई निकै पिरोल्ने पनि जानकारी दिए ।

कुनै पनि पार्टीहरुमा ‘डिजे’हरुले हिन्दी गीत बजाउने गरेको र सो क्रममा उनीहरुसँग आफ्नो झगडा हुने गरेको प्रसङ्ग सुनाएका कलाकार राजाराम पौडेलले डिजेहरुलाई नेपाली गीतहरु बजाउन प्रोत्साहन गर्ने गरेको बताए ।

‘पार्टीहरुमा डिजेले गीत बजाउँछन् अनि भाइ नेपाली गीत बजाउ भन्छु, हस् दाइ भन्छ, फेरि हिन्दी बजाउँछ, म फेरि अर्काे नेपाली गीत बजाऊ भन्छु, ऊ हस् भन्छ, फेरि हिन्दी बजाउँछ, अनि डिजेसँग मेरो झगडा पर्छ’, उनले भने ।

दशैँ विशेष लागि मिडिया एनपीले दशैंको चौथो दिन गरेको कुराकानीमा कलाकार राजाराम पौडेलले दशैं भड्किलो र खर्चालु बन्दै गएको बताए । साथै मौसममा ठूलो फेरबद आएको उनको अनुभव छ । ‘म काठमाडौंमै जन्मे हुर्केको, दशैंका बेला बिहान पशुपति जाँदा बाक्लो हुस्सु र तुसारो लागेको हुन्थ्यो, बाक्लो लुगा लगाएर जानु पथ्र्याे,’ उनी सम्झन्छन्, ‘तर अहिले हाफ सर्ट र टिसर्ट लाउँदा हुन्छ, मौसममा पनि ठूलो परिवर्तन आएको छ।’

दशैं कुनै जात, धर्म र समुदाय विशेष नभएर सबै नेपालीको पर्व रहेको बताएका उनले दशैँको मौलिकतालाई जोगाउनु पर्ने सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *