चलचित्र ‘पञ्चायत’को पहिलो गीत ‘छोरीको कर्म…’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० असोज । आउँदो फागुन १७ गते चलचित्र पञ्चायतको पहिलो गीत ‘छोरीको कर्म…’ सार्वजनिक गरिएको छ । सो चलचित्रका कार्यकारी निर्माता तथा सञ्चारकर्मी रवि अधिकारीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा नारीको वेदनालाई प्रस्तुत गरिएको छ ।

सो गीतमा सरु गौतमको स्वर, शिवम अधिकारीको शब्द सृजना, टंक बुढाथोकीको संगीत तथा चलचित्रकी मुख्य अभिनेत्री नीता ढुङगानाको अभिनय रहेको छ ।

शिवम अधिकारीको निर्देशन रहेको सो चलचित्रमा नीताको साथै सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । गणेश गिरीको प्रस्तुति रहेको सो चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शङ्कर सुवेदीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *