सार्वजनिक भएको केही घण्टामै ‘पद्मावती’को ट्रेलर १ नम्बर ट्रडिङमा, रणविरको लुक्स ‘गेम अफ थ्रोन्स’बाट चोरिएको (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ । संजय लीला भन्साली को बहुप्रतिक्षित चलचित्र ‘पद्मावती’ को ट्रेलर सार्बजनिक भइसकेको छ । चलचित्रमा दिपिका पादुकोण, साहिद कपुर र रणवीर सिंहको मुख्य भूमिका छ।

ट्रेलर सार्वजनिक भएसंगै चौतर्फीरुपमा यसले चर्चा समेत पाइरहेको छ । नेपालमा पनि चलचित्रको ट्रेलर सार्बजनिक भएको २४ घण्टा भित्रै युट्युबमा एक नम्बर ट्रेनडिङमा परेको छ । ट्रेलरमा रणवीर सिंहको देखिएको लुक्सले पनी थप चर्चा बटुलेको छ ।

फिल्ममा रणवीर अलाउद्दीन खिलजी को रोलमा देखिदै छन् । उनको यो लुक्स अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’को एक क्यारेक्टर खल ड्रोगो सँग निकै मिल्दोजुल्दो छ । ‘गेम अफ थ्रोन्स’मा खल ड्रोगो को रोल अमेरिकन एक्टर जैसन मोमोआले खेलेका थिए ।

कसरी मिल्न गयो रणवीर सिंह र जैसन मोमोआको रोल ?

फिल्म को ट्रेलरमा एक ठाउमा रणवीर सिंह (अलाउद्दीन खिलजी) मासु खाइरहेको अवस्थामा देखिन्छन् । त्यस्तै गेम अफ थ्रोन्स मा जैसन मोमोआ (खल ड्रोगो) पनी मासु लुछिरहेको अवस्थामा उनलाई प्राय ठाउँमा पाउन सकिन्छ ।

बलिउडमा चलेको चर्चा अनुसार फिल्ममा रणवीरको लुक्स खल ड्रोगोको लुक्सबाट प्रेरित भएर लिइएको हो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *