सलमानसँग फिल्म खेल्न मानेनन् अमिताभ बच्चन

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २४ भदौ । सुपरस्टार सलमान खानको आगामी फिल्म ‘रेस–३’ मा बलिउडका मेगास्टार अमिताभ बच्चनले काम गर्न अस्विकार गरेका छन् । अभिताभले फिल्ममा काम गर्नका लागि निर्देशक रेमा डिसुजाले राखेको प्रस्ताव अस्विकार गरेका हुन् ।

‘रेस–३’ फिल्म सैफ अली खानको फिल्म ‘रेस’को तेस्रो भाग हो । फिल्ममा सलमान खान र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा देखिनेछन् । यो फिल्ममा सलमानले पनि केही प्रतिशत लगानी गर्ने बताइएको छ ।

अमिताभ बच्चन आफ्नो आगामी फिल्म ‘झुन्ड’को सुटिङमा व्यस्त रहेका कारण उनले ‘रेस–३’ अस्विकार गरेको बलिउड लाइफले जनाएको छ ।

अमिताभको फिल्म ‘झुण्ड’ को सुटिङ अक्टोबर र नोभेम्बरको महिना हुने बताइएको छ । त्यही समय ‘रेस–३’ को पनि सुटिङ हुनेछ । रेमो डिसुजाको निर्देशनमा बन्ने ‘रेस–३’ अबुधवी, युरोप र सिंगापुरमा हुनेछ । २०१८ मा यो फिल्म रिलिज हुनेछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *