गायनमा जम्दै बाबु-छोरी, छोरी श्रृषाको गायकी र अभिनय देखेर दंग छन् गायक तुला

  • 675
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    675
    Shares

काठमाडौँ, २५ असाेज । तुला पर्वतको जीवनकै मुख्य लक्ष्य थियो आफू सबैले चिन्ने गायक र संगीतकार बन्ने र छोराछोरीलाई पनि आफ्नै बाटोमा हिँडाउने । लामो समयदेखि परवासी जीवन बिताएका गायक तथा संगीतकार तुलाले अन्तत आफ्नो यात्रालाई सोचेको ठाउँमा पुर्याउन सफल भएका छन् ।

डेढ दशकभन्दा बढी समय नेपाली सांगीतिक क्षेत्रमा बिताएका चितवन पटिहानीका तुलाकी छोरी श्रृषा पनि अहिले मिठो स्वकी गायिका तथा कुशल अभिनय गर्न सक्ने मोडलका रुपमा परिचित छन् । श्रृषाले कैयौँ भिडियोमा अभिनय गरेर वाहवाही बटुलीरहेकी छिन् भने आफ्नै आवाजमा गीतहरु रेकर्ड गरेर समेत आफ्नो बहुआयामित प्रतिभा प्रस्तुत गर्न सफल बनिरहेकी छिन् । जसका कारण तुला छोरीको काम प्रति निकै नै सन्तुष्ट देखिन्छन् ।

आफूले हात हालेका काममा सफल भएका यि गायकले हालै सार्वजनिक गरेको न श्रृङ्गार छ तिम्रो’ बोलको गीतले नेपाली सांगीतिक क्षेत्रमा राम्रो चर्चा परिचर्चा बटुलीहरेको छ । गीतकार राजेन्द्र गौतमका शब्दमा तयार भएको यो गीतमा गायक तुला र उनकी छोरी श्रृषा कुँवरको आवाज समावेश छ ।

भिडियोमा रश्मी तामाङ र विनोद न्यौपानेले मोडलिङ गरेका छन् । गीतमा श्रृङ्गार नगरेकी एक यूवतीको खुलेरै तारिफ गरिएको छ । भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् । उत्सव दाहालले छायांकन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन छ । तुला र श्रृषाका यस अगाडी हल्का हल्का, वारीमा खोला पारीमा खोला, फर्की आउन पाउँ आफ्नै गाउँ घर , लगायतका गीतहरु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *