७५ बर्ष लागेका अमिताभ बच्चन गर्छन १६ घण्टा काम, यस्ता छन् उनी फिट हुनुका कारण

  • 1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1K
    Shares

काठमाडौं, २६ असोज । अमिताभ बच्चन ७५ बर्षका भएका छन् । आज पनि उनी २५ बर्षका जवानलाई हैरान पार्ने गरी काम गर्छन् । उनी जब २५ बर्षका थिए तब ८ देखि १० घण्टा सुत्ने गर्थे ।

अहिले उनी ५ घण्टा मात्रै सुत्छन् । १६ घण्टा काम गर्ने अमिताभ उमेरमा बुढा भएपनि सँधै फिट देखिन्छन र छन् पनि । ११ अक्टुबर १९४२, इलाहाबादमा जन्मिएका अमिताभको पहिलो फिल्म १९६९ मा आएको सात हिन्दुस्तानी हो । उनी बलिउडमा थुप्रै हिट फिल्म दिएका छन् । उनलाई बलिउडका माहानायककारुपमा समेत चिनिन्छ ।

यी हुन् उनी फिट हुनुका कारण

१. व्यायममा उनी अनुसाशित र सिरियस छन् । कुनै कारण उनले विहान जिम छुटाए भने बेलुका गर्छन् । फिटनेस ट्रेनर एवम् डायटिशियन वृन्दा मेहताको निगरानीमा उनी नियमित वर्कआउट गर्छन् ।
२. कार्डियो गर्नुका साथै उनी योग समेत गर्छन् ।
३. उनी सन्तुलिट भोजन गर्छन । उनी अहिले पुरै शाहकारी बनेका छन् ।
४. उनले आफ्ना कुकिङ स्टाफलाई देशका अलग अलग राज्यका खाना बनाउन निर्देशन दिएका छन् । जस्तैः उनका कुक भिन्डिलाई एक दिन बंगाली स्टाइलमा बनाउँछन् भने अर्को दिन साउथ इन्डियन स्वादमा बनाउँछन् ।
५. कुनै बेला यस्तो पनि थियो उनी रक्सि र चुरोट पनि पिउथे । उनी कुनै बेला दिनभरमा सय भन्दा बढी चुरो पिउथे । त्यो समय उनी कोलकत्तमा बस्थे । जब मुम्बई आए त्यसपछि उनले चुरोड छोडे । त्यसै गरी उनी रक्सि र चिया पिउने बानिबाट समेत टाढा भए ।
६. उनी गुलियो खानेकुरा समेत खाँदैनन् ।
७. ऐश्वर्या राय बच्चनले एक अन्तवार्तामा भनेकी छन् की परिवारका हर सदस्य फिट रहनका लागि एक चम्मा मह सेवन गर्ने गर्छन् ।

७५ बर्षको उमेरमा यस्तो छ उनको रुटिन

१. अमिताभ विहान साँढे ५ बजे उठेर मर्निङ वाक र व्यायाम गरेपछि आफ्नो काम शुरु गर्छन । सुटिङ भए जान्छन् नभए आफ्ना मिटिङहरुमा व्यस्त हुन्छन् ।
२. साँझ घर आएपनि उनी आफ्नो व्लगको तयारीमा जुट्छन् । उनी राती १२ बजेको आसपास सुत्ने गर्छन् ।
लगभग १६ घण्टा काम गर्ने अमिताभ अहिले ऋषि कपुरसँग ‘१०२ नोट आउट’ फिल्मको सुटिङमा व्यस्त छन् । सैसाटको निर्देशनमा बन्न लागेको ‘झुण्ड’ फिल्मको तयारीमा समेत अमिताभ लागेका छन् । यशराज फिल्मसको ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ पनि उनी व्यस्त छन् ।
उनी सामाजिक काममा समेत जोडिएका छन् । स्वच्छ भारत अभियानका लागि उनी सक्रिय छन् ।

अमिताभ बारे के भन्छन् बलिउड स्टार ?

सलमान खानः यो उमेर हार्ड वर्क गर्नेहरुमा बच्चन साहब गतिलो उदाहरण हुनुहुन्छ । काम प्रतिको लागव हेर्न लायक छ । दशकौं देखि उहाँको स्टारडम खस्केको छैन । मेरो इच्छा पनि उहाँकै जस्तो हार्ड वर्किङ गर्नु हो ।

आलिया भट्टः हालै स्वच्छ भारत अभियान अन्तर्गत आयोजित एक कार्यक्रममा उहाँले १२ घण्टासम्म कुराकानी गर्नुभयो । उहाँमा निरन्तर काम गर्ने जाँगर शक्ति छ । उहाँमा ममा भन्दा बढी इनर्जी छ । म पनि यस्तै बन्न चाहान्छु ।

अर्जुन कपुरः उहाँ जति अंग्रजीमा कुरा गर्नुहुन्छ, त्यती नै शुद्ध तरिकाले हिन्दीमा पनि । स्क्रिन होस् या रियल लाइफमा दुवै भाषामा उहाँको राम्रो पकड छ । उहाँ जस्तै बन्न चाहान्छु ।

रितेश देशमुखः म भाग्यमानी हुँ की उहाँसँग तीन फिल्ममा काम गर्ने मौका मिल्यो । उहाँ हरेक दिन केही न केही नयाँ सिक्ने इच्छा राख्नुहुन्छ । उहाँको यो प्रयास आज पनि जारी छ । मलाई पनि उहाँको यो पथ पच्छाउने इच्छा छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *