चलचित्र ‘बाबु कान्छा’मा सलोन र करिश्मा जोडी जम्ने (भिडियो)

  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २६ असोज । ए मेरो हजुर–२ सफलताको प्रमुख श्रेय पाएका नायक सलोन बस्नेत ‘बाबु कान्छा’ चलचित्रबाट फेरि दर्शकमाझ आउँदैछन् । आफ्नै बुवा सोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ’बाबु कान्छा’ बाट बाबुछोरा पहिलोपटक सँगै आउन लागेका हुन् । ‘कहिले बुवाको निर्देशनमा फिल्म गर्नुहुन्छ ?’ भन्ने आइरने प्रश्नलाई अन्त्य गर्न लागेका सलोनले ‘बाबु कान्छा’ ठूलो आशा राखेका छन् ।

सलोनको अभिनयलाई राम्रै प्रशंसा गरिएपनि सोलो नायकको रुपमा स्थापित गर्न सलोनलाई कुनै पनि चलचित्रले हालसम्म साथ दिएको देखिँदैन । उनी साइड एक्टरको रुपमा रहेको चलचित्र धेरै चले, तर उनको मुख्य अभिनयमा बनेका कुनै पनि चलचित्र चलेनन् । यसर्थ ‘बाबु कान्छा’ चलचित्र उनको लागि विशेष अर्थ रहने स्वयम् सलोन बताउँछन् ।

यस चलचित्रमा उनीसँग जोडीको रुपमा रहनेछिन्– नायिका करिश्मा श्रेष्ठ । उनीहरुबीच चलचित्रको पर्दामा मात्र होइन बाहिर पनि प्रेम सम्बन्ध रहेको चर्चा चल्दै आएको छ । मिडिया एनपीसँगको कुराकानीमा करिश्मा भन्छिन्, ‘सलोन एकदमै सहज र सधैँ सहयोगको लागि तत्पर मान्छे हुनुहुन्छ, त्यसै कारण पनि चलचित्रमा काम गर्न निकै सहज लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *