पाकिस्तान फुटलब संघ निलम्बित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, असोज २६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन ९पिएफएफ० लाई निलम्बन गरेको छ । पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार पिएफएफलाई आफ्नो सदस्यबाट निलम्बन गरेको हो ।

पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन ।पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफा काउन्सिल ब्युरोको ठहर छ ।

फिफाको २ सय ११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा छ । पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *