जान्नुहोस् पुदिनाको चमत्कारी गुण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुदिना चटनीको रूपमा निकै प्रयोग गरिन्छ । संसारैभरि पाइने यसको चटनी सबैजसोलाई मन पर्छ । पुदिना चटनीका लागि मात्रै उपयोग गरिँदैन, यसको उपयोग धेरै ठाउँमा हुन्छ । टुथपेस्ट, चुइगम, माउथ स्प्रेलगायतमा पनि प्रयोग हुन्छ । यति मात्र होइन, पुदिना धेरै प्रकारका औषधि बनाउनसमेत प्रयोग गरिन्छ ।

पुदिनाको पातसँगै जिरा, लसुन, काली मिर्च, थोरै नुन, धनियालगायत मिलाएर पानीसँग खानुहोस् । पेट दुख्ने विभिन्न समस्याबाट बच्न सकिन्छ ।

पुदिनामा पाइने एन्टिअक्सिडेन्ट तथा पोषक तत्वको कारण मानिसमा हुने अपच समस्याबाट मुक्ति मिल्छ ।

गर्मीमा लु लाग्नु आमसमस्या हो । पुदिनाको उपयोगले लु लाग्नबाट बच्न सकिन्छ । पुदिनाको पातमा थोरै पानी राखेर पिस्नुहोस् । पिसिसकेपछि एकैछिनपछि एक कपडाको सहायताले छान्नुहोस् र गिलासमा रस निकाल्नुहोस् । त्यसपछि थोरै जिरा र नुन मिलाएर सेवन गर्नुहोस् ।

पुदिनाको अर्को गुण भनेको उच्च तथा निम्न रक्तचापका बिरामीका लागि पनि फाइदा छ । पुदिनाको रसले उच्च रक्तचापको नियन्त्रण गर्नुका साथै निम्न रक्तचापलाई नियन्त्रण गर्न सक्ने सामथ्र्य राख्छ । तर, उक्त रसमा काली मिर्च, थोरै नुन र चिनी मिलाएर खानुहोस् ।


पुदिनामा पाइने एन्टिइन्फ्लामेटरी तथा एन्टिब्याक्टेरियल तत्वका कारण श्वासनलीमा चिसो प्रदान गर्छ । सर्दीमा बच्नका लागि तातो पानीमा पुदिनाको रस राखेर नाकबाट श्वास लिनुहोस् । यति मात्रै हैन, श्वास दुर्गन्धबाट छुटकारा पाउनका लागि र दाँतको सफाइका लागि पनि पुदिनाको पात चपाउन सकिन्छ ।

अनुहारमा आउने कालो धब्बाका लागि पनि पुदिना प्रयोग गर्न सकिन्छ । पुदिनाको ६ वटा पात, एउटा अन्डा मिलाएर लेप बनाउनुहोस् र अनुहारमा लगाउन सक्नुहुन्छ । अनुहारमा लगाएको १५ मिनेटपछि ताजा पानीले अनुहार धुनुहोस् ।

पुदिनाको सेवनले मानिसको वजन घट्न सक्छ । यसले बोसो लाग्नबाट समेत बचाउँछ ।

पुदिनाको सेवनले उल्टी आउनसमेत रोक्छ । नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *