‘ए मेरो हजुर २’ को कसम हो कसम…गीत एक करोड पटक हेरियो (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । नायिका झरना थापाको डेव्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ को शीर्ष गीत ‘कसम हो कसम…’ लाई युट्युबमा एक करोड पटक हेरिएको छ । युट्युवमा अपलोड भएको साढे ६ महिनामा एक करोडभन्दा बढी पटक यो गीत हरिएको हो । बिहीबार बिहानसम्म यो गीतले युट्युबमा एक करोड पाँच हजार भ्युज पाएको छ ।

गीतमा डा.कृष्णहरि बरालको शब्द, सुगम पोखरेलको स्वर र कल्याण सिंहको संगीत रहेको छ । संगीतकार कल्याण सिंहले संगीत दिएको गीतले सर्वाधिक चर्चा पाएको ‘कसम हो कसम…’ नै हो ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्म ‘ए मेरो हजुर २’ ले राम्रो व्यापार गरेको थियो । चलचित्रमा साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतलगायत कलाकारहरूको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *