आमाको उपचारका लागि बैंकबाट निकालेको २ लाख हराइन् नायिका सारंगा श्रेष्ठले

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

काठमाडौं, २६ असोज । नायिका सारंगा श्रेष्ठले आमाको उपचारका लागि बैंकबाट निकालेको दुई लाख रुपैयाँ हराएकी छिन् । उनको आमाको चार महिनादेखि क्यान्सर अस्पताल भक्तपुरमा उपचार भइरहेको छ ।

दुई दशकदेखि अमेरिका बस्दै अाएकी नायिक सारंगा श्रेष्ठले आमाको उपचारका लागि बैंकबाट झिकेको दुई लाख रुपैयाँ घरमा पुग्दा हराएकी हुन् ।

नयाँबानेश्वरको बैंकबाट पैसा झिकेर घर फर्केर टीकाथली पुग्दा दुई लाख रुपैयाँ हराएको नायिका सांरगाले मिडिया एनपीलाई जानकारी दिइन् ।

आमाको अवस्था नाजुक रहेको जानकारी दिएकी उनले पैसा कसैले भेटेको भए फिर्ता दिएर धर्म कमाउन भनेकी छिन् । एकपछि अर्काे आफूमाथि विपत्ति आइपरेको दुखेसो पोखेकी सांरगाले पैसा भेट्नेले फिर्ता गरिदिएर पुण्य कमाउन आग्रह गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *