‘ऐश्वर्य’को प्रचारमा जोडिइन् केकी अधिकारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । सार्वजनिक गीत ‘तिमी रोएको पल’ र ट्रेलरले चर्चामा ल्याएको कार्तिक ९ मा रिलिज हुने फिल्म ’ऐश्वर्य’ ले केकी अधिकारीलाई अगाडी ल्याएको छ ।

ट्रेलरमा मात्र रिभिल गरिएको केकीलाई निर्माण पक्षले सार्वजानिक गरेको नयाँ पोष्टरमा केकीलाई अभिनेता रमेश उप्रेतीसँग प्रस्तुत गरेको छ । ट्रेलरमा दर्शकलाई सरप्राइज दिएपछि निर्माण टीमले केकीलाई पोष्टरमा पनि रिलिज गरेको हो ।

दर्शकले ट्रेलरमा केकीलाई रुचाएका छन् भने फिल्मभित्र उनी दमदार भूमिकामा रहेको निर्माण पक्षको दाबी छ । फिल्म युनिटकाअनुसार केकीलाई प्लानिङअनुसार नै अगाडी ल्याइएको हो ।

फिल्ममा रमेश उप्रेती , दीपिका प्रसार्इं, केकी अधिकार, प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योञ्जनलगायतको अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । । अमेरिकाको बसाइपछि नेपाल फर्किएका रमेशले यसै फिल्म मार्फत निर्माताको रुपमा पनि डेब्यु गरेका छन् ।

निर्मल शर्मा सह निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप बरालको छायाँकन रहेको यो फिल्म कात्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *