एनआरएनएमा भवन भट्ट र जमुना घलेबीच कडा टक्कर

  • 444
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    444
    Shares

काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा भाग लिन संसारभरिका एनआरएन नेपालमा भेला भएका छन् ।

सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । यसअघि एनआरएनको दुई कार्यकाल शेष घलेको नेतृत्वमा रहेको थियो । यसपटक अध्यक्षमा भवन भट्ट र जमुना घलेबीच प्रतिस्पर्धा हुने भएको छ । भट्ट वर्तमान उपाध्यक्ष हुन् । उनी यसअघिको कार्यकालमा पनि उपाध्यक्ष नै थिए । आफ्नो कार्यकालमा दुई पटक उपाध्यक्ष रहेर काम गरेका भट्टविरुद्ध घलेले आफ्नै श्रीमती जमुनालाई अघि सारेका छन् ।

अहिलेको अन्तर्राष्ट्रिय समन्वयन समितिमा सदस्य रहेकी जमुनालाई घलेले जनजतिहरूको गुट तयार गरी जनजातिको मत लिएर जित्ने गरी अध्यक्षमा अघि सार्ने तयारी गरेका छन् ।

हालका अध्यक्ष घलेको दुई कार्यकाल पूरा हुने भएको हुँदा उनी उम्मेदवार हुन नपाउने विधानको व्यवस्था छ । आफू उम्मेदवार हुन नपाउने र श्रीमती अघि सार्ने योजना बनाएपछि एनआरएनभित्र तरंग पैदा भएको छ । घले निकटले उनकी श्रीमती जमुनालाई अध्यक्षमा अगाडि सानुपर्ने बताउँदै आएको छ भने अर्को समूहले घलेको आलोचनासमेत गर्दै आएको छ ।

यसमा घले दम्पतीले औपचारिक रूपमा केही नभने पनि आज पत्रकार सम्मेलन गरेर अध्यक्षमा जमुना घलेको उम्मेदवारी घोषणा हुने बताइएको छ । दुई कार्यकालमा शेष घलेले अगाडि सारेको योजनालाई थप कार्यान्वयनका लागि उनकी श्रीमती जमुनालाई उम्मेदवारी दिन लागे घले समूहले दाबी गरेको छ । ।

एनआरएनएको अध्यक्षमा हालका उपाध्यक्ष भवन भट्टले उम्मेदवारी दिने घोषणा गरेका छन् । यस्तै कतार बस्ने टिबी कार्कीले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । जमुना घलेको अध्यक्षमा उम्मेदवारी घोषणापछि एनआरएएमा प्यानलगत कडा टक्कर हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *