भारतलाई चीनको अर्को चक्मा ! पाकिस्तानको लाहोरमा चिनियाँ मेट्रो रेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । पाकिस्तानको लाहोरमा चिनियाँ मेट्रो रेल गुड्न थालेको छ । चीन बनाएको यो रेल भर्खरै सार्वजनिक गरिएको छ । पाकिस्तानका लागि यो पहिलो मेट्रो रेल समेत हो । पाकिस्तानलाई चीनले पहिलो चरणमा २७ रेल हस्तान्तरण गरेको छ । बाँकी २६ रेल यही आर्थिक बर्षको अन्त्यसम्ममा हस्तान्तरण गर्ने तयारी गरेको बताइएको छ ।

गत आइतबार चीनबाट पाकिस्तानमा उक्त रेल आइपुगेको हो । हुनान प्रान्तबाट आएको उक्त रेलको पाकिस्तानमा भव्य स्वागत गरिएको थियो । पाकिस्तान र चीनको बीचमा यो रेलको सम्झौता सन् २०१५ मा भएको थियो । चीन र पाकिस्तानको बीच भएको ओबीओआर सम्झौताको पहिलो योजनाको रुपमा यो रेल योजना रहेको बताइएको छ ।

यो रेलको गति ८० किलोमिटर प्रतिघण्टाको रहेको बताइएको छ । आफ्नो प्रभाव दक्षिण एसियामा विस्तार गर्न खोजिरहेको चीनको लागि यो एक महत्वपूर्ण सफलता रहेको विश्लेषकहरुले बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *