हत्या गरिएका गौचनलाई प्रधानमन्त्रीले दिए अन्तिम श्रद्धाञ्जली, आजै अन्त्येष्टि

  • 587
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    587
    Shares

काठमाडौं, २६ असोज । गत सोमबार अज्ञात समूहको गोली प्रहारबाट मारिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज अन्त्येष्टि गरिने भएको छ । परिवारले आज बिहान शव बुझेपछि अन्त्येष्टि गरिन लागेको हो ।

हत्यारालाई पक्राउ गरी कारबाही नभएसम्म गौचन परिवारले शव लिन अस्वीकार गर्दै आएका थिए । तर सरकारले उनलाई सहिद घोषणा गर्ने र चाँडोभन्दा चाँडो हत्यारा पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपछि गौचनको शव बुझी अन्त्येष्टि गर्न परिवार सहमत भएका हुन् ।

बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा अनामनगरस्थित महासंघ प्रांगणमा राखिएको गौचनको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

गौचनप्रति अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस, एमाले, माओवादीलगायतका दलका नेता साथै उद्योगी व्यवसायी पनि पुगेका थिए । गौचनलाई श्रद्धाञ्जली दिन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष शेखर गोल्छालगायत महासंघ कार्यालय पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *