हलिउड निर्माता हार्बीमाथि यौन दुर्व्यवहारको अारोप लागेपछि ओस्कार आयोजकको आपतकालीन बैठक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हलिउडका गन्नेमान्ने चलचित्र निर्माता हार्बी वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि ओस्कारका आयोजकहरुले उनको भुमिका अब के हुने भन्नेबारे आपतकालीन बैठक गर्दैछन्।

ओस्कार अवार्ड विजेता हार्भी वाइन्सटिनमाथि तीनजना महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइन्सटिनविरुद्धका यौन दुर्व्यवहारका आरोपहरु घृणित भएको बताएको छ।वाइन्सटिनले भने आफूमाथिका अभियोगहरुको कडा रुपमा प्रतिवाद गरेका छन्।

निलम्बन

ब्रिटिश एकेडेमी अफ फिल्म (बाफ्टा) ले उनको सदस्यता निलम्बन गरिसकेको छ। यसैबीच, न्यूयोर्कका प्रहरीहरुले वाइन्सटिनमाथि लागेको अभियोगबारे कुरा गर्न एकजनासँग खोजिरहेका छन्।

तर प्रहरी प्रशासनले त्यसबारे थप विवरण उपलब्ध गराएको छैन। वाइन्सटिनको मिराम्याक्स र वाइन्सटिन कम्पनीले निर्माण गरेको ८१ वटा चलचित्रहरुलाई ओस्कार दिएको युएस एकेडेमीले शनिबार उनीमाथि लागेको आरोपबारे छलफल गर्ने भएको छ।

एनजेलिना जोली र गुइनथ प्याल्ट्रोसहित चर्चित केही अभिनेत्रीहरुले चलचित्र निर्मातामाथि लागेको अभियोगबारे बोलेका छन्। वाइन्सटिनले अनुचित ढंगले व्यवहार गरेको भन्दै आरोप लगाउने ब्रिटेनकी अभिनेतृ तथा मोडल कारा डेलिभिन हुन्।

अस्वीकार

एउटा विज्ञप्तिमा उनले वाइन्सटिनले आफूले होटलको कोठा छोड्न लाग्दा आफूलाई चुम्बन गर्ने प्रयास गरेको बताइन्। उनले भनिन्, “मैले एकदमै शक्तिहीन महसुस गरेँ र डराएँ।”

द न्यू योर्कर पत्रिकाले आफूमाथि लगाएको बलत्कारको अभियोग मंगलबार वाइन्सटिनले अस्वीकार गरेका छन्। सोही दिन उनकी श्रीमतिले उनलाई छोड्न लागेको बताएकी थिइन्।

बुधबार अमेरिकाका अभियोजनकर्ताहरुले एकजना महिलाले सन् २०१५ मा वाइन्सटिनले आफूलाई गरेको व्यवहारविरुद्ध उजुरी दिएपछि उनीहरुले वाइन्सटिनविरुद्ध कुनै कारबाही नगर्ने आफ्नो निर्णयको बचाउ गरेका छन्।

इटलीकी २२ वर्षीय मोडलले पनि वाइन्सटिनले आफूलाई अनुचित ढंगले छोएको भन्दै प्रहरी कहाँ पुगेकी थिइन्। म्यानह्याटनको महान्यायाधिवक्ताको कार्यालयले उजुरीकर्ता र वाइन्सटिनबीच भएको गुप्त अडियो अपराध प्रमाणित गर्नका लागि पर्याप्त नभएको बताएको छ।

बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *