बलिउडमा थिएन कोही यार, तर पनि यी चार भाई बने सुपरस्टार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असोज । अहिले बलिउडमा केही यस्ता स्टारहरु छन् उनीहरुको कुनै फिल्मी पृष्ठभूमी थिएन । केही कलाकारलाई छोड्ने हो भने सबै कुनै न कुनै फिल्मी खानदानसँग नजिक छन् । बलिउडका केही हस्ति भने कुनै फिल्मी पृष्ठभूमिसँग जोडिएका छैनन् । यही सूचीमा सामिल छन् महानायक अमिताभ बच्चन । यी सूचीमा रहेका स्टारहरुले आफ्नो क्षमता र लगावका कारण बलिउडमा मात्रै होइन संसारभरका दर्शकको मन जितेका छन् ।

१. दिलिप कुमार
दिलिप कुमारको असली नाम यूसुफ खान हो । पछि उनको नाम परिवर्तन गरिएको हो । उनी आफ्ना १२ भाई बहिनी मध्ये एक थिए । उनको जन्म खवानी बजारमा ११ डिसेम्बर १९२२ मा भएको थियो । अहिले त्यो ठाँउ पाकिस्तानको खैबर पख्तुनबामा पर्छ । उनका पिता लाला गुलाम सरवार जमीनदार र फलफुल व्यापारी थिए । दिलिपकुमारले नासिकको बार्नेस स्कुलमा पढे । १९३० मा उनको परिवार मुम्बईको चेन्वुरमा बसाई सर्यो । १९४० मा पितासँग झगडा परेपछि उनी पुने गए । एक व्यक्तिको सहयोगमा उनले एक क्यान्टिन मालिकसँग भेट भयो । उनको राम्रो अंग्रेजीका कारण उनलाई जागिर मल्यिो । उनले आर्मी क्याम्पको बाहिर स्याण्डवीच स्टल राखे । जब उनको कन्ट्रयाक्ट सकियो तब उनले ५ हजार बचाएका थिए ।

उनी पितासँग हात थाप्ने पक्षमा थिएनन् । त्यसैले उनले चर्चगेट स्थित डाक्टर मसानीसँग भेटे । मसानीले उनलाई मलाडस्थित बान्बे टाकिजमा आफुसँगै काम गर्न सल्लाह दिए । त्यहाँ बम्बे टाकिजकी मालिक्निी देविका रानीसँग उनले भेटे । देविकाले १२५० रुपैंया मासिक तलब हुनेगरी काममा राखिन् । त्यही समयमा उनको भेटघाट अशोककुमारसँग भयो । उनले सशाधर मुखर्जीसँग भेटे । त्यही बर्षको अन्त्यसम्मा उनी अशोक कुमारका घनिष्ट बने । शुरुमा अशोककुमारले उनलाई स्क्रिप्ट लेख्न मदत गरे । देविका रानीले उनलाई नाम दिलिपकुमार राख्न सल्लाह दिइन् । र उनले १९४४ मा आएको फिल्म ज्वार भाटामा लिड रोल समेत दिइन् । यही फिल्मबाट दिलिप कुमारको फिल्मी यात्रा शुरु भएको थियो ।

२. राजेश खन्ना
राजेश खन्ना ती १० हजार प्रतियोगी मध्ये एक हुन् जसले १९६५ सालमा इन्डिया ट्यालेन्ट कन्टेस्टमा भाग लिएका थिए । यो ट्यालेन्ट हन्ट यूनाइटेड प्रोड्यूसर्स र फिल्मफेयरले आयोजना गरेको थियो । खन्ना यो कन्टेस्ट जितेका थिए । बीआर चोपडा, जीपी सिप्पी, एचएस रावैल, नासिर हुसैन, जे ओम प्रकाश, मोहन सैगल, शक्ति सामन्त र सुबोध मुखर्जी आदीले युनाइटेड प्रोड्युसर्स अर्गनाइजेशन बनाएका थिए । यीनै मानिसहरु प्रतियोगिताका जज थिए । राजेश खन्नाले १९६६ मा आएको फिल्म ‘आखिरी खत’ बाट डेव्यू गरेका थिए । राजेश खन्नालाई भारतीय फिल्मको पहिलो सुपरस्टारका रुपमा लिइन्छ । १९६९ देखि १९७१ सम्म उनले लगातार १५ हिट फिल्म दिए । यो रेकर्ड अहिलेसम्म कायम छ । १९७० देखि १९८७ सम्म उनी बलिउडका महंगा स्टार थिए । तर, उनको बराबर कमाईको रेकर्ड अमिताभ बच्चनले समेत कायम गरेका छन् । राजेश खन्नाको असली नाम जति खन्ना हो ।

३.अमिताभ बच्चन
अमिताभ बच्चनका पूर्वज यूपीको प्रतापगढ जिल्लाको रानीगन्ज गाँउका हुन् । अमिताभको जन्म ११ अक्टोबर १९४२ मा भयो । अमिताभ बच्चनको पनि कुनै फिल्म पृष्ठभूमी थिएन । तर उनको पिता जी हरिवंश राय बच्चन भारतका महान कविमा गनिन्छन् । अमिताभको थर श्रीवास्तव थियो । उनका पिताले आफ्नो टाइटल जब बच्चन लेख्न थाले तब परिवारके थर बच्चन लेख्न थालेका हुन् । अमिताभकी आमा तेजी बच्चन पन्जाबी परिवारकी थिइन् । अमिताभका नाम इन्कलाब राखियो । यो इन्कलाब नाम जिन्दाबादको नारसँग प्रेरित थियो । इन्कलाब जिन्दाबादको अर्थ हो, लामो समयसम्म चल्ने क्रान्ति । तर कवि सुमित्रानन्दन पन्तको सल्लाहमा पिताले उनको नाम अमिताभ राखिदिए ।
अमिताभको पढाई नैनीतालको चर्चित रेवुड कलेजमा भयो । उनले पछि दिल्ली विश्वविद्यालय अन्तर्गतको किरोडिमल कलेजमा पढे । अमिताभका भाई अजिताभ पनि छन् ।

अमिताभकी आमा तेजी बच्चनलाई थियेटर मा इन्ट्रेस्ट थियो । उनलाई फिल्ममा काम गर्न अफर समेत आएको थियो । तर उनले गृहणी मात्रै बन्ने इच्छा जाहेर गरिन् । तर, उनको इच्छा थियो की अमिताभ अभिनयमा लागोस् । अमिताभको पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ हो । यो भन्दा पहिले १९६९ मा आएको ‘बतौर वाइस नरेटर’ फिल्ममा समेत काम गरिसकेका थिए । करियरको शुरुवात त्यती राम्रो भएन । तर, १९७३ मा प्रकाश मेहेराको फिल्म ‘जन्जिर’ मा अमिताभ लिड रोलमा देखिए । यो फिल्मले बक्स अफिसमा तहल्का मच्चाइदियो । १९७० देखि ८० को बीच अमिताभ बच्चनका हिट फिल्मको सूची र उनको लोकप्रियता बढ्दै थयो । अहिले पनि अमिताभ उत्तिकै सक्रिय छन् । अहिले उनी ‘कौन बनेगा करोडपति’ शो होस्ट समेत गर्छन् ।

शाहरुख खान
शाहरुख खानको पनि कुनै फिल्मी पृष्ठभूमी थिएन । उनका पिता मीर ताज मोहम्मद खान स्वतन्त्रता सेनानी थिए । र दिल्लीमा व्यापार गर्थे । उनका पूर्वज पाकिस्ता र अफगानिस्तानका हुन् । शाहरुखकी आमा लतीफ फातिमा सरकारी इन्जिनियरकी छोरी थिइन् । शाहरुखको पालन पोषण दिल्लीको राजेन्द्र नगरमा भयो । जहाँ उनको परिवार भाडाको घरमा बस्थ्यो । उनले दिल्लीको सेन्ट कोलम्बर स्कुलमा पढेका हुन् । विद्यार्थी हुँदा शाहरुख हकी र फुटबल खेल्थे । उनको क्षमतालाई देखेर स्कुलले उनलाई सबैभन्दा ठूलो छात्र पुरस्कार उनले दिल्लीको सेन्ट कोलम्बर स्कुलमा पढेका हुन् । विद्यार्थी हुँदा शाहरुख हकी र फुटबल खेल्थे । उनको क्षमतालाई देखेर स्कुलले उनलाई सबैभन्दा ठूलो छात्र पुरस्कार ‘स्वोर्ड अफ अनर’ दिएको थियो ।

शाहरुखले कलेजका लाइफमा केही स्टेज परर्फमेन्स दिएका थिए । उनी बलिउडका एक्टरको नक्कल गर्थे । त्यो बेला उनको खुब तारिफ गरिन्थ्यो । अम्रता सिंह उनको बाल्यकालकी साथी थिइन् । उनी पछि अभिनेत्री बनिन् । १९८५ देखि ८८ को बीच शाहरुखले दिल्लको हंसराज कलेजबाट इकोनोमिक्समा ब्याचलर गरे । यो बेला अधिकांश समय उनी दिल्लाको थियेटर एक्शन ग्रुपमा विताउथे । उनले दिल्लीको जामिया मिल्यिा इस्लामियामा मास कम्यूनिकेशनमा एमए सके । डिग्री पुरा गरेपछि उनी अभिनय करियर बनाउन होमिए ।

बलिउडमा प्रवेश गरेपछि उनले केही समय नेशनल स्कुल अफ ड्रामा मा समेत भर्ना भए । करियरको शूरुवात टीवी धाराबाहिकबाट भयो । १९८८ मा ‘दिल दरिया’ नामको धाराबाहिक नाटकमा उनलाई रोल दिइयो । तर, निर्माणमा ढिलाई भयो । त्यसको ठाँउमा १९८९ मा धारावाहिक नाटक ‘फौजी’ बाट उनले अभिनय शुरु गरे । त्यसपछि उनले ‘सर्कस’, ‘इडियट’, ‘उम्मीद’, ‘वागले की दुनिया’ मा काम गरे ।

१९९१ मा शाहरुख मुम्बई आए र उनलाई चार फिल्ममा अफर आयो । उनको पहिलो फिल्म हेमा मालीनीको ‘दि आसाना है’ हुनेवाला थियो तर १९९२ मा आएको फिल्म ‘दीवाना’ उनको डेब्यू फिल्म बनेको थियो । शुरुका दिनमा उनको भूमिका नकारात्मक थियो । पछि उनी रोमान्टिक फिल्ममा काम गर्न थाले । त्यसपछि उनलाई अमिताभ पछिको सुपरस्टार मान्न थालियो । मिडिया उनलाई अहिले ‘किङ खान’, ‘बादशाह’ आदी नामले बोलाउँछन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *