डा.केसीको समर्थनमा रेसिडेन्ट डाक्टरहरू आन्दोलित, आजदेखि कालोपट्टि बाँधेर उपचार गर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ असोज । डा.गोविन्द केसी अनसन बसेको नौ दिनपछि रेसिडेन्ट डाक्टरहरू आन्दोलित भएका छन् । राष्ट्रिय आवासीय चिकित्सक एसोसिएसनले विगत नौ दिनदेखि अनसनरत डा.केसीको मागमा ऐक्यबद्धता जनाउँदै आफूहरू विरोधमा उत्रनु परेको जनाएको छ ।

एसोसिएसनले केसीले उठाएका माग चिकित्सा शिक्षा सुधारप्रति लक्षित रहेको निष्कर्ष निकाल्दै माग पूरा गराउन सरकारसँग माग गरेको छ । डा.केसीले उठाएका माग पूरा नभएसम्म राष्ट्रिय आवासीय चिकित्सक एसोसिएसनले आजदेखि हातमा कालोपट्टि बाँधेर कार्यस्थलमा विरामीको उपचार गर्ने निर्णय गरेका छन् ।

‘विगतमा झै अहिले पनि डा. केसीको १३औं सत्याग्रहमा हामी समस्त रेसिडेन्ट डाक्टरहरू ऐक्यबद्धता जाहेर गर्दछौं, उक्त सत्याग्रहलाई सार्थक विन्दुसम्म पु¥याउन सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छौं,’ एसोसिएसनले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा.केसीको समर्थन र स्वास्थ्य क्षेत्रका विकृविरुद्ध २०७४–६–२७ गतेदेखि सम्पूर्ण रेसिडेन्ट डाक्टरहरू कालोपट्टि बाँधी आ–आफ्नो कार्यमा संलग्न हुने कुरा जानकारी गराउन चाहन्छौं ।’

यसैबीच, केसीको माग पूरा गर्न आज मन्त्रिपरिषद्मा छलफल हुँदैछ । बिहान बोलाइएको बैठकमा कसरी माग पूरा गर्न सकिन्छ, सो बारे छलफल हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । चालू संसद्बाटै चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग केसीको छ । तर, सरकारले संसदमा दर्ता गरेको विधेयक एमाले र माओवादीका कारण अलपत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *