मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा देउवा, माओवादी केन्द्रका मन्त्री ‘सस्पेन्ड’ मा पर्ने

  • 339
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    339
    Shares

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा लागेका छन् । सम्भवतः आजै देउवाले कमल थापा नेतृत्वको राप्रपाका चारजनालाई मन्त्री बनाउने भएका छन् ।

राप्रपाका मन्त्री थपिएसँगै माओवादी केन्द्रका मन्त्रीहरू सस्पेन्डमा पर्ने स्रोतले बताएको छ । उनीहरूलाई विनाविभागीय मन्त्रीको जिम्मा दिइनेछ ।

राप्रपाका नेतालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको चाल पाएपछि शुक्रबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटमा प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई नहटाउन आग्रह गरेको बताइएको छ । तर, जवाफमा देउवाले आफूले उपयुक्त निर्णय गर्ने जानकारी गराएको बालुवाटार स्रोतले बतायो ।

यता राप्रपाले माअाेवादी केन्द्रले पाएकाे मन्त्रालय अाफूले पाउनु पर्ने माग गरेकाे छ । गृह अाफूलाई दिनु पर्ने कमल थापाकाे भनाइ छ । तर, राप्रपा प्रजातान्त्रिकले भने थापालाई गृह दिन नहुने तर्क गरेकाे छ ।

संसद्को आयु शनिबार मध्यरातिदेखि सकिने भएकाले सबै पार्टीका सांसद भूतपूर्व हुने भएका छन् । अब मन्त्री थप्ने र निकाल्ने अधिकार प्रधानमन्त्रीमा मात्र रहने भएको छ । सोही कारण प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । प्रचण्डले चुनावी तालमेल एमालेसँग गरे पनि निर्वाचनसम्म आफूहरूको साथ र सहयोग यही सरकारलाई रहेको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *