मन्त्रालयमै मन्त्रीलाई कालोमोसो दल्न खोजेपछि झडप

  • 524
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    524
    Shares

काठमाडौं, २७ असोज । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा रहेको शिक्षा मन्त्रालयमा मन्त्री गोपालमान श्रेष्ठलाई विद्यार्थीहरु कालोमोसो दल्न पुगेपछि झडप भएको छ ।

मन्त्रीलाई कालोमोसो दल्न पुगेका नौवटा विद्यार्थी संगठनका कार्यकर्ता र मन्त्रालयका कर्मचारीबीच झडप भएको हो । शिक्षा मन्त्रालयका कर्मचारी र नौ विद्यार्थी संगठनहरुबीच झडप भएको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई कालोमोसो दल्न पुगेका विद्यार्थीहरुलाई कर्मचारीहरुले रोक्न खोज्दा झडप भएको हो ।

शिक्षा विधेयकको नवौँ संशोधन फिर्ता गर्नुपर्ने, बिभिन्न कलेजहरुलाई दिइएको सम्वन्धन खारेज गर्नुपर्ने लगायतमा माग समेटिएको ज्ञापन पत्र बुझाउन भन्दै पुगेका विद्यार्थीहरुले मन्त्री श्रेष्ठलाई कालोमोसो दल्ने प्रयास गरेका हुन्

ज्ञापन पत्र बुझाउने भन्दै ढाँटेर नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनका कार्यकर्ताहरु मन्त्रीको कार्यकक्षमा पुगे लगत्तै ढोका थुनेर नाराबाजी सुरु गरेका थिए । मन्त्रीलाई कालोमोसो दल्ने कर्मचारीले रोेकेका थिए । त्यसपछि मन्त्रीको राजीनामा माग्दै उनीहरुले नाराबाजी गरे । झण्डै आधा घण्टासम्म नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *