धेरै प्रेम प्रस्तावको सामना गर्दै १९ वर्षीया गायिका एन्जिला (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ असोज । रुपन्देही बुटवलकी गायिका ‘एन्जिला रेग्मी’ पछिल्लोसमय ‘मेरो हरपल तिमी…’ गीतबाट चर्चामा छिन् ।

प्रायः ‘डान्सिङ नम्बर’को गीतमा स्वर दिँदै आएकी गायिका एन्जिलाले पहिलोपटक रोमान्टिक गीतमा स्वर दिएसँगै चर्चा आएकी हुन् । उनै गायिका एन्जिलाले मिडिया एनपीसँग आफ्नो संघर्षका दिनहरुको पोका खालेकी छिन् । हाल १९ वर्षको उमेरमा रहेकी गायिका एन्जिालले निकै सानो उमेरदेखि नै गाउन रुचाउने गरेको बताइन् ।

कक्षा–४ मा अध्ययन गर्दा नै पहिलो बुटवल प्रदर्शनी आइडल भएकी एन्जिलालाई गायन क्षेत्रमा आउन बाबु–आमाले समेत प्रोत्साहन गरेपछि झनै हौसला र सहयोग प्राप्त भएको अनुभव सुनाइन् ।

गायन क्षेत्रलाई व्यवसायिक रुपमा अघि बढाएको तीन वर्ष पुगे पनि एन्जिला दर्शक र स्रोताको रोजाइको गायिका बनेकी छिन् । गायन बाहेक गायिका एन्जिलालाई व्यवस्थापन विषयमा पनि रुची छ । तर, पहिलो प्राथमिकतामा भने सधै गीत÷संगीत नै पर्ने उनी बताउँछिन् ।

गायन क्षेत्रले मात्रै जीवन निर्वाह नभएका उदाहरण देखेकैले होला उनी बैंकमा जागिर गरेर आफ्नो जीवन निर्वाह गरेर गीत÷संगीतमा लागि रहने गायिका एन्जिलाको लक्ष्य छ ।

१९ वर्षको उमेरमा नै चर्चामा आएकी उनलाई ‘राम्री पनि देखिनु हुन्छ प्रेम प्रस्ताव पनि आएका होला नी ? भन्ने मिडिया एनपीको जिज्ञासामा एन्जिालले जवाफ दिइन्, ‘प्रेम प्रस्ताव त आउँछन् नै, अहिलेसम्म प्रेममै परेँ भन्ने अनुभव छैन । जबसम्म पूर्ण रुपमा आफ्नै खुट्टामा उभिएको भान हुदैन तबसम्म यस्ता किसिमका प्रभावले असर पार्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *