विद्युतीय झन्झटको अन्त्य गर्न सक्रिय बिजुलीम्यान (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १४ कात्तिक । जल स्रोतको धनी देश नेपालले विद्युत अभाव व्यहोरिरहेको छ । १८ घण्टासम्म लोडसेडिङ खेपेको नेपाल एक वर्षदेखि लोडसेडिङ मुक्त हुने प्रयासमा रहेको छ – छिमेकी मुलुक भारतबाटै विद्युत आयात गरेर भएपनि । विद्युत प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि केही सुधार देखिएपनि पर्याप्त विद्युत भने उपलब्ध हुन सकेको छैन । हाल भारतबाट विद्युत आयात गरेर लोडसेडिङ अन्त्य गर्न खोजिएपनि नेपाल विद्युतमा आत्मनिर्भर भने भइसकेको छैन ।

नेपालमा विद्युत अभाव समस्याको रुपमै रहेको छ । विद्युत अभावलाई अन्त्य गर्न विभिन्न क्षेत्र र समूहले प्रयास गर्दै आएका छन् । तर, अपेक्षित सुधार हुन सकेको छैन । बिजुली उत्पादन मात्र हैन यहाँको अर्को समस्या भनेको विद्युतको सही सदुपयोग गर्ने जनचेतनाको कमी पनि छ । कुन समयमा कुन विद्युतीय उपकरणको प्रयोग गर्ने, कसरी विद्युत खपत कम गर्ने विषय धेरै मानिस अनविज्ञ रहेका देखिन्छन् ।

यही परिवेशमा चार जना इन्जिनियरको समूहले एउटा फरक कामको थालनी गरेका छन् । अनलाइन सेवासहित घर, कलकारखान र विभिन्न संस्थाहरुमा सेवा दिने उद्देश्यले बिजुलीम्यान डट्कम स्थापना गरेको बताउँछन संस्थापक मध्यका एक भुवन खत्री । उनी सहित यस टिममा जय प्रकाश महर्जन, अमृत कार्की, अनुप गुरुङ रहेका छन् । उनीहरु चारै जना इलेक्ट्रोनिक इन्जिनियर हुन् ।

उनीहरुका अनुसार बिजुलीम्यानलाई पूर्णरुपमा व्यवसायिक रुपमा अघि बढाएको करिब ४ महिना भयो । पहिले विभिन्न संस्थामा कार्यरत उनीहरु आफ्नो क्षमताको सही सदुपयोग नभएको महसुस गर्दै एकै ठाउँमा जोडिएका बिजुलीम्यान समूह आइपरेका विद्युत समस्या सुल्झाउने कार्यमा अघि बढेको अर्का संस्थापक सदस्य जयप्रकास महर्जन बताउँछन् ।

आफ्नो यस अनलाईन प्ल्याट्फर्मबाट ग्राहकहरुले छिटो, छरितो र सहज रुपमा सुबिधा प्राप्त गरून् भन्ने उनीहरुको उद्देश्य छ । घरको सामान्य बिजुली समस्याको लागि पनि बिजुली पसलका टेक्निसिएनसँग दिनहुँसम्म धाइरहनु पर्ने झन्झट नहोस् र बिजुली बचत पनि होस् भन्ने सोच बिजुलीम्यानको रहेको उनीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *